
पोखरा स्पोर्टस । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एन.एन.आई.पिए) को आयोजना हुने “१५ औं एन.एन.आई.पिए अवार्ड”को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
अत्मि तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिपक श्रेष्ठकले उक्त जानकरारी दिएका हुन । एनएनआइपिएका अनुसार यस वर्षको अवार्ड मध्यपुर ठिमी नगर पालिकाको व्यवस्थापनमा हुने भएको छ ।
अवार्ड कार्यक्रममा २६ खेलकुदबाट वर्ष सर्वोत्कृष्ट एक जना पुरुष तथा एक जना महिला खेलाडीलाई समान नगद १–१ लाखका दरले सम्मान गरिने छ । सर्वोत्कृष्ट हुने खेलाडीले सम्वन्धित खेल संघ र एनएनआइपिए सहकार्यमा थप नगद १०–१० हजार प्राप्त गर्नेछन ।
त्यसै गरी अवार्ड कार्यक्रममा प्रतिभावान महिला तथा पुरुष खेलाडीलाई समान नगद ५०–५० हजार प्रदान गरिने भएको छ भने यो वर्षबाट राइजिङ प्लेयर अफ दि इएरको विद्या थप गरिएको अध्यक्ष श्रेष्ठले जनााएका छन । उक्त विद्या अन्तर्गत एक महिला तथा एक पुरुष खेलाडी समान नगद ५०–५० हजार नगद पुरस्कारबाट सम्मानित हुनेछन ।
सोही अवार्ड कार्यक्रममा एकजना अग्रज खेलार्डीलाई गजराज जोशी आदर्श पुरस्कारबाट सम्मान गरिने छ भने एक जना खेलकुद पत्रकारलाई वा फोटो पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिने संघले जनाएको छ । अवार्डमा सम्मनित हुने उत्कृष्ट हुने खेलाडी बाहेक अन्य विद्याको खेलाडी छनोट गर्न संघका मानार्थ अध्यक्ष दिपक विष्टको संयोजकत्वमा छनोट समिती गठन गरिएको छ । सवै खेलाडीको छनोटको आधार उनीहरुले अघिल्लो वर्ष खेलकुदमा गरेको पदर्शन र योगदानका आधारमा तय गरिएको संघले जनाएको छ ।
१५ औं सस्कारण एनएनआइपिए अवार्ड सफल बनाउन ग्लोबल आइएमई बैंक, एभरेष्ट वल्र्ड क्लास टेक्वान्दो यू.एस ए, स्काई ब्राण्ड नेपाल लगाएत अन्य विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गर्ने भएको एनएनआइपिएले जनाएको छ ।
