
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य जुम प्रसाद गुरुङलाई मातृ शोक परेको छ ।
गुरुङकी आमा सकला गुरुङको शनिबार राती उपचारको क्रममा ८५ वर्षको उमेरमा निधन भएको हो । लामो समय देखि विरामी रहेकी उहाँ फिसटेल हस्पिटलमा निधन भएको मञ्चका निर्तमान अध्यक्ष तेज गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
पोखरा १६ तल्लो दिप निवासी स्वर्गिय गुरुङका दुई छोरा जुम र श्रीप्रसाद गुरुङ रहेका छन् । जुम ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी तथा नेपाल बास्केटबल संघका उपाध्यक्ष समेत हुन् ।
स्व. गुरुङको आज (आइतबार) पोखरा १६ शान्तीघाटमा दिउसो १ बजे अन्त्येष्टि गरिने भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उहाँको निधनमा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले स्व. आमा प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
