
पोखरा स्पोर्टस । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ गण्डकी प्रदेशको तदर्थ समितीको अध्यक्षमा वकिलमान तुलाधार उदास र कास्कीको अध्यक्षमा वैभव पौडेल चयन भएका छन् ।
पोखरामा सम्पन्न भेलाले गण्डकीको प्रदेशको अध्यक्षमा उदासलाई तदर्थ समितिको अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । समितिको उपाध्यक्षमा विजय बहादुर भण्डारी, सचिवमा विक्रम उदास र कोषाध्यक्षमा सुन्दर श्रेष्ठ चयन भएको प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमले जानकारी दिएका छन् ।

त्यसै गरी कार्यसमितिको सदस्यमा रोजी श्रेष्ठ, जगत राना (स्याङजा), भुपेन्द्र खड्का (बागलुङ), तुल बहादुर केसी (पर्वत), सन्तोष श्रेष्ठ (तनहुँ) गोकुल श्रेष्ठ (म्याग्दी), गोरे शेख मियाँ (लम्जुङ), वैभव पौडेल (कास्की), जित बहादुर थापा मगर, पूर्ण श्रेष्ठ (कास्की), केशव उदास (कास्की), राज कुमा धोजु र आश्मा सुनार रहेका छन् ।
यसे गरी कास्की शारीरिक सुगठन संघको अध्यक्षमा सर्वसम्मत वैभव पौडेल चयन भएका छन् । समितिको उपाध्यक्षमा ई.उत्तम उदास, सचिवमा बामदेव सुवेदी, तथा सदस्यहरुमा विश्व थापा, दिपेन्द्र भारी, देउ बहादुर नेपाली, सरोज बास्तोला र हसन गुरुङ रहेका छन् ।
गण्डकी प्रदेशका पूर्व सामाजिक विकास तथा स्वास्थ्य मन्त्री एवं सांसद पञ्चराम गुरुङको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको थियो ।
