नाम भने “टोकियो ओलम्पिक गेम्स २०२०” नै हुने

पोखरा, २०२० जुलाई र अगष्टमा हुने टोकियो ओलम्पिक सन २०२१ म आयोजना हुने भए पनि यसको नाम भने “टोकियो ओलम्पिक गेम्स २०२०” नै हुनेभएको छ । इतिहासमा पहिलो पटक सरेको ओलम्पिक खेल, जापानको टोकियोमा ओलम्पिक टर्च पुगिसकेकोले नाम नर्फेने सहमती बनेको हो ।

भिडियो कन्फ्रेन्सिङका माध्यम बाट आज विश्वभर रहेका राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष तथा महासचिबहरु, सबै महादेशका अध्यक्षहरु र टोकियो ओलम्पिक आयोजक देशसंग छलफलका क्रममा अध्यक्ष बाखले कोभिड १९ ले विश्वव्यापी रुपमा पारेको प्रभावले सन २०२० को टोकियो ओलम्पिक सार्नु परेको विषयमा अवगत गराउँदै यस बारे प्रस्ताव अघि सारेका थिए ।

आइओसीको कार्यकारी बोर्डले टोकियो ओलम्पिक सार्न गरेको निर्णयलाई अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटी, राष्ट्रिय ओलम्पिक कमिटी र जि–२० का देशका नेतृत्वले यसलाई स्वागत र समर्थन जनाएका छन ।

नेपालका तर्फ बाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम प्रतिनिधी सभाका सांसद जिवनराम श्रेष्ठ सहितको सहभागिता रहेको उक्त भिडियो कन्फ्रेन्सिङ बैठकमा जापानका प्रधान्मन्त्री सिन्जो आवे, विश्व स्वास्थ्य संगठन र आइओसीको सहमतीमा एक वर्षका टोकियो ओलम्पिक सार्ने निर्णय भएको हो ।

टोकियो ओलम्पिकका लागि प्रदान गरिने खेलाडी छात्रवृती कार्यक्रमलाई सन २०२१ सम्म निरन्तरता दिने भएको छ । यसै गरि ओलम्पिकमा सहभागिताका लागि हुने छनौट खेलहरुको नयाँ मिती तोकिने भएका छन । बैठकले अर्को मिती तय गर्नका लागि सम्बन्धित सबैसंग छलफल गरि अगाडी बढ्ने निधो समेत भएको छ । ओलम्पिक सन २०२१ को टोकियोमा समर भित्रै आयोजना हुने यस अघिनै जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close