बगर भाइ खलकलाई सहारा युकेको सहयोग

पोखरा स्पोर्टस । सहारा युकेले पोखराको प्रतिष्ठित संस्था वगर भाई खलकलाई सहयोग गर्ने भएको छ ।

सहारा युकेले भाइ खलकको आयोजनामा हुने चौथो रन्जित गुरुङ स्मृति तथा दशौं वगर भाइ खलक एट ए साइड भेट्रान्स फुटवल प्रतियोगिताका लागि सहयोग गर्ने भएको हो । ं सहारा युकेले उक्त प्रतियोगिताको दोश्रो पुरस्कारको राशी नगद रु ५५ हजार ५ सय ५५ सहयोग गर्ने अध्यक्ष कुमार गुरुङले पोखरा स्पोर्टसलाई बताए ।

“स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकका लागि नौलो आयाम” भन्ने मुल उद्धेश्यका साथ यहि फागुन २४ देखि २९ गते सम्म आयोजना हुने भेट्रान्स एट ए साइडका लागि सहयोग गर्न पाउँदा निकै खुसी लागेको सहारा युकेका अध्यक्ष गुरुङले बताए । उनले भने–“यो पाका उमेरका खेलाडी सँगै खेलकुद मार्फत जागरुकता ल्याउन भाइ खलकको एक महत्वपूर्ण कार्यक्रम हो यसमा सहयोग गर्न पाउनु गौरवको विषय हो ।”

उक्त रकम सहारा युकेका महासचिव धनु थकालीले भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङलाई हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।

स्मरणिय के छ भने सहारा युकेले नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १५ औं सस्करणको पोखरा म्याराथनका लागि समेत १ लाख ५० हजार नगद सहयोग गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close