पोखरामा खेलकुद अभिमुखीकरण कार्यक्रम

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गण्डकी प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम आइतबारदेखि सुरु हुँदैछ ।

पोखरामा हुन लागेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम अन्तिम हो । यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, प्रदेश १ र २ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।

दुईदिने कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेताको सहभागिता रहने छ ।

अभिमुखीकरण कार्यक्रममा राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी, अर्चना यादवले इनर्जी सिस्टम इन स्पोर्ट्स पर्फमेन्स, रमन नेपालीले स्पोर्ट्स मोटिभेसन, राजेन्द्ररत्न तुलाधरले कन्डिसनिङ एन्ड फिट्नेस, हिमाल दाहालले कोचेस इन ट्रेनिङ, रितामैया प्रजापतिले जेन्डर इक्विटी इन स्पोर्ट्स सोसियोलोजी र सकुना देवीले मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स बारे जानकारी दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close