ट्राईयाथलन संघका अध्यक्ष श्रेष्ठ ओलम्पिक कमिसनमा नियुक्त

पोखरा स्पोर्टस । नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव श्री निलेन्द्र राज श्रेष्ठ बिश्व ट्राईयाथलनको ओलम्पिक कमिसनको सदस्यमा नियुक्त भएका छन् ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटि संग समन्वय र सहकार्य गर्ने कार्यका लागि बिश्व ट्राईयाथलनले स्थापना गरेको कमिशनमा श्रेष्ठलाई चार बर्षे कार्यकालका लागि बिश्व ट्राईयाथलनले चयन गरेको हो ।

कमिशनको अन्य सदस्यमा स्विडेन ओलम्पिक कमिटिका उपाध्यक्ष रिया डामग्रेन निलसन र कोष्टारिका ओलम्पिक कमिटिका सदस्य क्रिष्टिना गोन्जालेज पनि चयन भएको संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close