
पोखरा स्पोर्टस । पोखरामा नियमित हुँदै आएको पाँचौ सस्करणको साप्ताहिक/मासिक दौड संगै दृष्टिविहिन दौड सम्पन्न भएको छ ।नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा नियमित रूपमा हुँदै आएको छात्र/छात्रा ५ र ३ किमि दौड संगै मञ्चको रजत वर्ष महोत्सव अन्तर्गत ‘१२ महिना–१२ कार्यक्रम’ अन्तर्गत १०० मिटर यू–१२ दृष्टिविहिन छात्र/छात्रा दौड सम्पन्न भएको छ ।

नियमित सञ्चालनमा रहेको छात्र ५ किमि दौडमा प्रकाश थिङ (छोरेपाटन मावि) पहिलो, निर्मल के.सी दोस्रो, तिल बहादुर परियार (छोरेपाटन मावि) तेस्रो, आयुष सुनार (छोरेपाटन मावि) चौथो र हिल पोइन्टका भगवान थापा मगरले पाँचौ स्थान प्राप्त गरे ।
यस्ते ५ किमि छात्रातर्फ साधना परियार (छोरेपाटन मावि) पहिलो, सिजल श्रेष्ठ (बाल प्रभात मावि) दोस्रो, श्री मेघराज आधारभुतकी सिजल श्रेष्ठ तेस्रो, कालिका माविकी सकिता गुरुङ चौथो र बालोदय माविकी सान्वी खड्काले पाँचौ स्थान प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत ८ देखि १२ वर्ष उमेर समुह ३ किमि छात्रतर्फको दौडमा बाराही माविका दिनेश भण्डारी, मेघराज माविका लिलम परियार, हावर्ड एकेडेमीका समिप सिंह भण्डारी, हावर्ड एकेडेमीकै श्रीष सुनार र क्रिकेट एकेडेमीका अदिव जंग कुँवर क्रमश पहिलो, दोस्रो, चौथो र पाँचौ बने ।
यसै गरी सोही उमेर समुह अन्तर्गत छात्रातर्फ पोखरा तेक्वान्दोका शिवानी हमाल र रुची थापा पहिलो र दोस्रो हुँदा, गण्डकी बोर्डिङ स्कूलकी साद्गी शर्मा तेस्रो, बालोदय माविकी सोफिया बराल र अमरसिंह माविकी रुबी हमालले क्रमश चौथो र पाँचौ स्थान प्राप्त गरे ।
मञ्चको रजत वर्ष महोत्सव अन्तर्गत सम्पन्न ८ देखि १२ वर्ष उमेर समुह छात्रतर्फ अमृत बीक पहिलो, जिवन थापा दोस्रो, सुदिप तामाङ तेस्रो, दिपु पुन मगर चौथो र आयुष तामाङले पाँचौ स्थान प्राप्त गरे ।
त्यस्तै छात्रातर्फ पुनम बीक पहिलो, अस्मिता बीक दोस्रो, बिनिशा तामाङ तेस्रो, अञ्जना गुरुङ चौथो र समृद्धि गोदारले पाँचौ स्थान प्राप्त गरेका छन् ।
यस अघि सो प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिका वडा नं १५ का अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष तोरण बहादुर बानियाँले गरेका थिए ।
प्रतियोगितामा बिजेता खेलाडीहरुलाई संगै मासिक दौडमा पाँच पटक नियमित रुपमा सहभागिहरुलाई अध्यक्ष बानियाँसहित जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलक बहादुर अधिकारी, मञ्चका निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुली, प्रथम उपाध्यक्ष खेम बहादुर गुरूङ, सचिब महेश पौडेल, कोषाध्यक्ष हरि बहादुर बरुवाल, सहकोषाध्यक्ष रमेश कुमार श्रेष्ठ, कार्यसमिति सदस्य दिनेश श्रेष्ठ, दृष्टिबिहिन दौडका संयोजक अमृत बराललगायतले मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर वितरण गरेका थिए ।
सो कार्यक्रम मञ्चका अध्यक्ष दिन बहादुर गुरूङको अध्यक्षतामा भएको थियो । सो अवसरमा अध्यक्ष गुरूङले मासिक दौड कार्यक्रम अन्तर्गत जेठमा हुने छैटौ सस्करणमा जनप्रतिनिधि दौड समेत समावेश गरिएको जानकारी दिए ।
प्रतियोगितामा २ सय २५ जनाको सहभागिता रहेको रेसका डाइरेक्टर तेज बहादुर गुरूङले जानकारी दिए ।

Tanahun shuklagandaki khirenitar
Sandip Thapa magar tanahun shuklagandaki khairenitar
Tanahun khairenitar