आहा ! रारा गोल्ड कप सफल पार्न ५ सय १ मुल आयोजक समिति गठन

पोखरा स्पोर्टस । यस बर्ष हुने १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न ५ सय १ मुल आयोजक समिति गठन भएको छ ।

सहारा क्लवका कार्यसमिति, मानार्थ सदस्य र सल्लाहकारहरुको संयुक्त बैठकले क्लवका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा मुल आयोजक समिति गठन भएको महासचिवमा रामजी प्रसाद अधिकारीले बताए ।

क्लवका निर्वतमान अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा एक सय १ सदस्य सल्लाहकार समिति गठन गरेको छ । १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको संयोजकमा क्लवका बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ (सुरज) चयन भएका छन ।

प्रतियोगितालाई सफल पार्न १६ वटा उपसमिति गठन भएको छ । पोखरामा आउँदो चैत १७ गते देखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close