
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्ने नेपालकै जेठो म्याराथन अमेरिका संग जोडिने भएको छ ।
अमेरिकाका विभिन्न राज्यमा वसोवास गर्ने नेपालीहरुले देशको मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाउन सफल पोखरा म्याराथनलाई अमेरिका संग जोडन चाहेका हुन ।
अमेरिकामा वसोवास गर्दै आएका पूर्व खेलाडी तथा मञ्चका आजिवन सदस्य सोम गुरुङको सक्रियतामा आइतबार सम्पन्न भर्चुअल सम्वादमा अमेरिकामा क्रियाशिल विभिन्न व्यक्तित्वहरुले १५ औं सस्करणको पोखरा म्याराथनको सफलताको शुभकामना व्यक्त गर्दै पोखरा म्याराथन मार्फत नेपाललाई अमेरिका संग जोड्नु पर्ने कुरामा जोड दिएका छन ।
भर्चुअल सम्वाद कार्यक्रममा वोल्दै मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथनको सान्दर्भिकता सँगै खेलकुद मार्फत नेपालको पर्यटनको विकासमा महत्वपूर्ण योगदान रहेको बताए । उनले भने–“पोखरा म्याराथनले नेपालको तिन तहकै सरकारबाट नितिगत रुपमा मान्यता पाएकोले अव यसले लामो यात्राको दुरी तय गर्नेछ ।”
अध्यक्ष गुरुङले अवको ४ वर्षमा पोखरा म्याराथनलाई एम्सस्मा अवद्धता गराउने योजनाका साथ मत्तच अघि वढेको बताउँदै विश्वका विभिन्न शहरहरुमा आयोजना हुने म्याराथन सँग जोड्न सके यसको महत्व अझै बढ्ने बताए । ” कोभिड १९ को विषम परिस्थतीमा समेत पोखरा म्याराथनको निरन्तरता अघि बढेको बताउँदै अध्यक्ष गुरुङले सवैलाई पोखरा म्याराथनमा आउन निम्तो समेत दिएका छन ।
सो अवसरमा वोल्दै सामाजिक व्यक्तित्व तथा मञ्चका आजिवन सदस्य सोम गुरुङले पोखरा म्याराथनको ऐतिहासिक र सामाजिक पक्षले सबैलाई विश्वका नेपालीहरुलाई एक ठाउँमा उभ्याएको धारणा राख्दै उनले भने–“पोखरा म्याराथनलाई विश्वकै पुरानो वोष्टन म्याराथन सँग जोड्न सके खेलकुद पर्यटन मार्फत पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदानन पुग्ने छ ।”
सो अवसरमा बोल्दै सामाजिक व्यक्तित्व सुन्दर गुरुङले १५ जना बाट शुरु भएको वोष्टन म्याराथन जस्तै पोखरा म्याराथनको समेत आफ्नै ऐतिहासिक विशेषता रहेका बताउँदै विगतमा पोखरा म्याराथनको सफल आयोजनाले पनि यसको गरिमालाई अझै बढाएको बताए ।
अमेरिकामा विभिन्न राज्यमा वसोवास गर्ने तथा पेशा व्यवसायमा आवद्ध करिव ३५ भन्दा सहभागी रहेको भर्चुअल सम्वादमा मञ्चका पूर्व अध्यक्ष तथा पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रो.डा. विरेन्द्र सिंह गुरुङ, नेपाली सेनाका अवकाश प्राप्त कर्णेल शम्भू गुरुङ, तेक्वान्दोका सिनियर प्रशिक्षक नारायण गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी दिपक अमात्य, पूर्व तेक्वान्दो खेलाडी भुवन गुरुङ, डा.राम प्रकाश गुरुङ, डा.रुद्र अर्याल, समाजिक व्यक्तित्व कृष्ण खनाल, याम पौडेल, राज विजय गुरुङ, कपिल रानाभाट, टप गुरुङ, राम चन्द्र अधिकारी, सदिप गुरुङ, हितमान गुरुङ, विकास गुरुङ लगाएतले पोखरा म्याराथनलाई दिर्घकालिन योजनाका साथ अघि बढाउन कोषको सञ्चालन, निरन्तरताका लागि सहयोगको प्रतिवद्धता लगाएतका विषयमा आ–आफ्ना धारणा सँगै सुझावहरु प्रस्तुत गरेका थिए ।
भर्चुअल सम्वाद कार्यक्रममा उठेका सवालहरुको विषयमा मञ्चका प्रचम उपाध्यक्ष हरि प्रसाद पराजुली र महासचिव खेम गुरुङले धारणा अघि सार्दै पोखरा म्याराथनलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।
Pokhara Marathon advt

