‘पल्सर स्पोर्टस अवार्ड’ दशैं अघि गर्ने तयारी

पोखरा । खेलकुद पत्रकारहरुको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को तयारी शुरु गरेको छ ।

मञ्चको आज काठमाण्डौमा सम्पन्न बैठकले यस वर्ष दशैं अघि अवार्ड कार्यक्रम गर्ने गरि तयारी शुरु गरेको जनाएको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र)को अध्यक्षतामा सम्पन्न बैठकले अवार्डका कार्यक्रम अघि बढाउन ६ वटा समिति गठन गर्दै संयोजक समेत तोकेको छ ।

अवार्डका लागि गठित खेलाडी छनोट समितिको संयोजकमा सचिव गोबिन्द रेग्मी, समारोह समितिमा उपाध्यक्ष निरञ्जन अधिकारी, सचिवालय समितिमा उपाध्यक्ष धुर्व तुलाधर, आर्थिक समितिमा कोषाध्यक्ष अन्जन खड्का, प्रचार–प्रसार समितिमा प्रवक्ता हिम बिक्रम केसी र ब्यवस्थापन समितिको संयोजकमा कार्यसमिति सदस्य सुजन श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

बैठकले एनएसजेएफ एकेडेमीले तयार पारेको बार्षिक क्यालेन्डर २०७७ लाई स्विकृत गरेको छ भने कोभिड–१९ बाट परिस्थिती अनुकुल रहेमा एकेडेमीले यस बर्ष कम्तिमा ७ कार्यक्रमलाई सञ्चालन गर्ने निर्णय गरेको मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close