
पोखरा स्पोर्टस । धरान, सुनसरीका किरण लिम्बु तेश्रो संस्करणको क्रस दुवाथलन सिरिजमा च्याम्पियन भएका छन् । २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि. दौड ३५ मिनट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन भएका हुन् ।

लिम्बुले पुरा गरेको समय तेश्रो संस्करण सम्मको सवै भन्दा छोटो समय हो । पहिलो संस्करणमा सुरेश भुजेलले ३५ः४० मिनटमा र दोश्रो संस्करणमा अच्युत कृष्ण खरेल ३७ मिनट २७ सेकेन्डमा दुरी पुरा गर्दै च्याम्पियन बनेका थिए । महिला तर्फ भने अनिशा गुरुङ्गले ४३ः५४ मिनटको छोटो समय कायम राखेकी छिन् । उनले पहिलो संस्करणमा उक्त समयमा निर्धारित दुरी पुरा गरेकी थिईन् ।

नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा भएको सिरिजमा महिला तर्फ बिदिशा चौधरीले निर्धारित दुरी ४९ मिनट ५२.४१ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भईन् । दुई मात्र खेलाडीले सहभागिता जनाएको महिलाको प्रतिस्पर्धामा अर्की खेलाडीले निर्धारित दुरी पुरा गर्न नसकी बिचमै प्रतिस्पर्धा त्यागे पछि चौधरी च्याम्पियनको हकदार बनेकी थिईन् ।

लिम्बु र चौधरीले किङ्गस लञ्जद्वारा प्रायोजित ३ हजार बराबरको भौचर, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
ललितपुरको बज्रबाराही, झरुवारासीमा भएको च्याम्पियनसिपको पुरुष तर्फ सुरज कुमार पासवान दोश्रो र मौलिक महर्जन तेश्रो भए । पासवानले निर्धारित दुरी ४० मिनट ३२.९३ सेकेन्डमा र महर्जनले ४० मिनट ५६.८५ सेकेन्डमा पुरा गरे ।

दोश्रो हुनेले पिएएन्सी (प्याङ्क) को तर्फबाट प्रदान गरिएको खेलाडीहरुले प्रयोग गर्ने सामाग्री प्राप्त गरे भने तेश्रो हुनेले टेरिज क्याफेसिनोको तर्फबाट प्रदान गरिएको ५ सय बराबरको भौचर प्राप्त गरे । यस्तै बिजयी सवैलाई प्याङ्कको तर्फबाट निशुल्क साईकल मर्मतको भौचर प्राप्त गरे ।
Pokhara Marathon Advt

