प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको खेलतालिका सार्वजनिक

पोखरा स्पोर्टस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलको तालिका सार्वजनिक भएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले सार्वजनिक गरेको खेल तालिकाअनुसार यही मङ्सिर २५ गते सुरु हुने प्रतियोगिता २९ गते सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशका ६ जिल्लालाई दुई समूहमा विभाजन गरिएको प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिएका छन् ।

समूह ‘ए’ मा बैतडी, कञ्चनपुर र डोटी तथा समूह ‘बी’ मा कैलाली, डडेल्धुरा र बझाङ छन् । कैलालीको फाप्ला खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल कैलाली र डडेल्धुराबीच हुनेछ । अर्को खेलमा बैतडी र डोटीले प्रतिस्प्रर्धा गर्नेछन् ।

यस्तै मङ्सिर २६ गते डडेल्धुरा र बझाङ तथा कञ्चनपुर र डोटीबीच खेल हुनेछ । मङ्सिर २७ गते कैलाली र बझाङ तथा कञ्चनपुर र बैतडीबीत प्रतिस्पर्धा हुनेछ । मंसिर २८ गते सेमिफाइनलका खेल तथा मङ्सिर २९ गते फाइनल खेल हुने संंघले जनाएको छ ।
छाँया तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close