वर्ल्ड टेनिस टुर जे ५ सोमबारदेखि शुरु हुने

पोखरा स्पोर्टस । नेपाल टेनिस संघको आयोजनामा वर्ल्ड टेनिस टुर– जे ५ को पहिलो सर्किट सोमबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा समान ३२ पुरुष/महिला खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । त्यसका लागि छनोट चरणका खेलहरु शनिबारदेखि सुरु हुँदैछ ।

खेलाडीले हासिल गरेको अंकका आधारमा समान २२ पुरुष÷महिला खेलाडीले स्वतः सर्किट १ मा खेल्ने पाउने छन् । समान ६ पुरुष/महिला खेलाडी छनोट चरणबाट छानिने छन् भने समान ४ पुरुष/महिला खेलाडी वाइल्ड कार्ड मार्फत सर्किट १ को ‘मेन ड्र’ मा प्रवेश पाउने छन् ।

प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, काजाकस्तान, अमेरिका, वेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्रको सहभागिता रहेको प्रतियोगिता निर्देशक विष्टले जानकारी दिए । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । सिंगल्स र डबल्स स्पर्धा समावेश छन् ।

सर्किट २ फब्रुअरी ८ तारिखदेखि हुने छ । दुवै सर्किटको पुरुषमा भारतीय खेलाडी र महिलामा नेपालकी अभिलाषा विष्टले शीर्ष वरीयता प्राप्त गरेका छन् । खेलहरु सातदोबाटोस्थित टेनिस कोर्टमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close