पोखरामा स्विमिङ पुल यस्तो भइदिए….. कस्तो हुन्थ्यो…..?

पोखरा स्पोर्टस । कास्की स्विमिङ संघ कास्कीका सचिव तथा प्रशिक्षक आनन्द कुंवरले आफ्नो सामाजिक सञ्जालको वालमा समुन्द्री किनारमा बनेको स्विमिङ पुलको फोटो सम्प्रेषण गर्दै लेखे ‘पोखरामा स्विमिङ पुल यस्तो भई दिए कस्तो हुन्थ्यो ?’

यति बेला विश्वमा पानीको भरपुर उपयोग गर्दै ‘वाटर स्पोर्टस’ले ध्यान खिच्न थालेको छ । आफू सँग भएको पानीको स्रोत समुन्द्रको किनारमा नै स्विमिङ पुल निर्माण गर्ने देखि लिएर पानी माथीनै पाँच तारे होटलको निर्माण होस वा अन्य खेलकुदका गतिविधीहरु हुँदै आएका छन ।

पोखरा पनि पानीको स्रोतमा कुनै कमि छैन । तालै तालको शहर पोखराले विश्वका पर्यटकको ध्यान खिच्न समेत सफल छ । फेवा, वेगनास होस वा रुपा सवै तालहरुको संरक्षणका लागि आवाज उठीरहे पनि ताल मिच्ने प्रवितीमा कमि आएको छैन । पोखरामा तालको मिच्ने प्रवितीलाई रोक्नका लागि पनि ठोस योजना सँगै तालको भरपुर उपयोग हुन आवश्यक छ त्यो भनेको तालको किनारमा स्विमिङ पुलको निर्माण ।

कुवंरले आफ्नो वालमा यस्तो लेखेका छन–“ करोडौ खर्च गरेर स्विम्मिङ्ग पुल अनेत्रै बनाउनु भन्दा फेवा ताल को किनारा मा व्यवस्थित ताल लाई असर नपुग्ने गरि यो तल देखिएको फोटो जस्तै पौडी पोखरी बनाउन सके पौडी खेल विकास र पौडी खेल सिकाउन व्यवस्था हुन सके धेरै भन्दा धेरै पानीमा डुबेर अकालमा हुने मृत्यु को दर घटाउन सकिन्थ्यो की ?” उनको यो भनाई समय सान्दर्भिक छ । परम्परागत रुपमा ताल देखाएर करौडौ कमाउनेहरु पनि पोखरामा नभएका पनि होइनन । ति व्यक्तिहरु नै पोखराका तालहरुमा कुनै विकास भएको देख्न रुचाउँदैनन अनि ताल मिच्न पनि छोड्दैनन् ।

पोखराको फेवातालमा जोडिएको विच भलिवल कोर्टको निर्माणले पनि आकर्षक देखिएको छ । यो ताल सँग जोडिएको नेपालको एक मात्र खेल पूर्वाधार पनि हो । यद्यपी यसको संरक्षण भने जस्तो गरि हुन सकेको छैन । करिव ५० लाखको हाराहारीमा निर्माण भएको विच भलिवल कोर्टको भरपुर उपयोग सँगै खेलाडी उत्पादन हुन सकेको छैन भने पोखरा आउने पर्यटकलाई यो बारे कमै जानकारी हुन्छ । खेलका माध्यमबाट पोखराको खेलकुद पर्यटनको आवाजलाई मुखरित गर्न पनि यस्ता पूर्वाधारहरुको बारेमा पर्यटकलाई जानकारी दिंदै त्यसबाट थप प्रतिफल प्राप्त गर्न सकिन्छ ।

पोखरा यति बेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा छन । पोखरामा राष्ट्रिय खेलकुद परिषदले स्विमिङ पुल निर्माणका लागि ५० लाख खर्च पनि गर्दैछ । तर टेन्डर भने अझै हुन सकेको छैन । पोखरा रंगशालाको चौघेरा भित्र निर्माण हुन लागेको स्विमिङ पुलको विशेषता फरक होला तर त्यही स्विमिङ पुल फेवा वा वेगनासको किनारमा निर्माण भए त्यसले प्राप्त गर्ने प्रतिफल फरक पक्कै हुन्छ । त्यसैले पनि पोखराका ताल किनारमा यस्तो स्विमिङ पुल निर्माण भइदिए कस्तो हुन्थ्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close