वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : एकलतर्फ प्रदीप र प्रणव अन्तिम चारमा

पोखरा स्पोर्टस। नेपालका नं १ वरियता प्रदीप खड्काले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ अन्तिम चारमा स्थान बनाएका छन् । यस संगै प्रणव खनालले समेत् क्वाटरफाइनलमा आफ्नो खेल जित्दै सेमीफाइनलको यात्रा तय गरे ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकलाई ६–३ र ६–४ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् भने प्रणवले गौरव प्रताप सिंहलाई ६–० र ६–० ले हराएर सेमिफाइनलमा स्थान बनाएका हुन् ।

पुरुष एकलतर्फ नै निशन श्रेष्ठले निहल जंग बहादुर थापालाई ६–१, ४–६ र ६–३ ले हराएर अन्तिम चारमा स्थान बनाएका छन् । यस्तै ऋतिक रानाले प्रणव मानन्धरलाई ६–३ र ६–४ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन् ।

महिला एकलतर्फ सुनीरा थापा, ईशा डोल्कर गुरुङ र शर्भानी श्रेष्ठले सेमिफाइनलमा स्थान बनाएकी छिन् । सुनीराले क्वाटरफाइनलमा ६–१ र ६–० ले हराउँदा ईशाले अद्या पौडेललाई ७–६ र ६–३ ले पराजित गरिन् । शर्भालीले भगवती बिकबाट वाक्ओभर पाईन् ।

पुरुषको ३५ वर्षमाथिको एकलमा जितेन्द्र परियार र कमल भण्डारीले फाइनलमा स्थान बनाएका छन् । सेमिफाइनलमा जितेन्द्रले सिमान्त गुरुङलाई ६–३ र ६–१ ले पराजित गर्दा कमलले सन्तोष कार्कीलाई ६–४ र ६–४ ले पराजित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close