पोखरामा एन्फा ‘ए’ डिभिजन फुटसल लिग प्रतियोगिता हुने

उपाधी विजेताले नगद १० लाख पाउने

पोखरा स्पोर्टस । पोखरामा पहिलो पटक एन्फा ‘ए’ डिभिजन फुटसल लिग प्रतियोगिता हुने भएको छ ।

पोखरा स्पोर्टस सँग कुरा गर्दै नेपाल फुटसल कमिटीका प्रमुख बिनोद गुरुङले उक्त जानकारी दिएका हुन । २०७८ वैशाख देखि जेठ १५ गते सम्म पोखरा रंगशाला स्थित कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित सातै प्रदेशका १–१ टिम र वागमती प्रदेशबाट चार टिम गरि १० टिमको सहभागिता हुने भएको छ ।

उक्त प्रतियोगितामा सहभागिता जनाउनु अघि सातै प्रदेशमा छनोट तथा क्वालिफाइङ राउण्डका खेलहरु आयोजना हुने फुटसल कमिटीका प्रमुख गुरुङले पोखरा स्पोर्टसलाई बताए । जस अनुसार चैत्र १ देखि ५ गते सम्म प्रदेश नं १ को इटहरीमा, प्रदेश २ को हेटौडामा चैत्र ८ देखि १२ सम्म, लुम्विनी, कर्णाली र सुदुरपश्चिमको क्वालिफाइङ राउण्ड चैत्र १९ देखि २३ गते सम्म दाङमा आयोजना हुनेछ ।

त्यसै गरी बागमती प्रदेशको चैत्र २५ देखि २३ गते सम्म काठमाण्डौमा र गण्डकी प्रदेशको पोखरामा वैशाख ३ देखि ७ गते सम्म क्वालिफाइङ राउण्ड अन्तर्गत प्रतियोगिता हुने प्रमुख गुरुङले बताए ।

प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सी’ डिभिजनका क्लब, राष्ट्रिय खेलकुद परिषद तथा फुटबल संघहरुमा आवद्ध भएका क्लवहरुले मात्र सहभागिता जनाउन पाउने छन । प्रतियोगिताको फाइनल चरणमा पुगेका टिमहरुलाई तयारी स्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले १–१ लाखका दरले उपलव्ध गराउने छ भने सहभागीता जनाउने टिमका लागि बसोवास र यातायत खर्च समेत एन्फाले नै उपलव्ध गराउने प्रमुख गुरुङले बताएका छन ।

प्रतियोगितामा उपाधी विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाख प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान नगद २५–२५  हजार प्राप्त गर्नेछन ।

Advt: Pokhara Marathon

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close