पोखरा म्याराथनका लागि मञ्चको तयारी बैठक सम्पन्न

पोखरा स्पोर्टस । यहि फागुन १ गते पोखरामा आयोजना हुने १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी बैठक शुक्रबार सम्पन्न भएको छ ।

बैठकले पोखरा म्याराथन सफल बनाउन विभिन्न उपसमितीका संयोजकहरु सँग परामर्श गर्दै आवश्यक तयारी थाल्न संयोजकहरुलाई आग्रह गरेको छ । वैठकमा विभिन्न १९ उपसमितीका संयोजकहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुका साथै म्याराथन प्रतियोगितालाई भव्य बनाउने तर्फ आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए । वैठकले म्याराथन सफल बनाउन सम्पूर्ण टोल विकास संस्था, आमा समुह र अन्य सामाजिक संघ संस्थाहरुलाई सहयोगका लागि आग्रह गरेको छ ।

यसै गरि वैठकले पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेका अध्यक्ष मान प्रसाद गुरुङ र म्याराथनकी संयोजक पूर्व भलिवलकी राष्ट्रिय खेलाडी मञ्जु गुरुङको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यस्तै मञ्चका आजिवन सदस्य तथा पूर्व फुटबल खेलाडी लोक बहादुर रञ्जितको निधनमा हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।

मञ्चको वैठकले मञ्चका आजिवन सदस्य तथा पोखराका सफल व्यवसायी जगन बहादुर गुरुङ कास्की मोडल अस्पतालको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै मञ्चको सल्लाहाकार सदस्यमा मनोनयन गर्ने निर्णय समेत गरेको छ ।

मञ्चका अध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको बैठकमा संस्थापक अध्यक्ष खड्ग वहादुर रानाभाट, सल्लाहकारहरु अशोक पालिखे, खेम बहादुर गुरुङ, जगन गुरुङ लगाएतले म्याराथन सफल बनाउन आ–आफ्नो तर्फबाट भूमिका खेल्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close