दुवाथनल सिरिजको दोश्रो संस्करण शनिबार किर्तिपुरमा हुँदै

काठमाडौं सम्वाददाता । नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोश्रो संस्करण माघ १० गते शनिबार काठमाण्डौको प्राचिन ऐतिहासिक सहर किर्तिपुरको जखामा हुने भएको छ ।

स्थानिय स्तरमा स्थानिय संस्थाहरु संग समन्वय गर्दै नव प्रतिभा पहिचान सहित खेलाडी उत्पादनका साथै खेल समुदायको बिकास गर्ने लक्षका साथ संचालन गरिएको सिरिजको पहिलो संस्करण काठमाण्डौको उत्तरभेगिय प्राचिन सहर टोखामा सम्पन्न भईसकेको छ ।

प्रत्येक दुई हप्तमा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने छ । यसैगरि चौथो संस्करण टोखा, पाँचौ किर्तिपुरमा हुनेछ । तीन महिना सम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना हुनेछ ।

सिरिजको उद्धेश्य प्रतियोगिता मात्र नभई नव प्रतिभाहरुको खोजी, खेल समूदायको विकासका साथै खेलमार्फत आन्तरिक पर्यटनको बिकास गर्दै राज्यलाई आर्थिक टेवा पु¥याउने रहेको छ – संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।

कोभिड १९ बाट बिश्वनै अक्रान्त भईरहेको अवस्थामा सुस्ताएको खेल क्षेत्रलाई ब्युझाउँदै स्वस्थ र रोग प्रतिरोध क्षमता अभिबृद्धि गर्न सिरिजले सहयोग पुग्ने नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले बताए ।

नेपाल ट्राईयाथलन संघ र जम्प नेशनविच एक बर्ष सम्म संघले आयोजना गर्ने प्रतियोगिताको ब्यवस्थापनको जिम्मेवारी लिने गरि सहकार्यको सम्झौता भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close