
पोखरा स्पोर्टस । ‘क्विन अफ दि भलिवल’ उपाधी पाएको ज्ञानुबाबम मावी पोखराले नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई सममान गरेको छ ।

‘वर्ष उत्कृष्ट टिम’की कप्तान अरुणाले हालै सम्पन्न एनएसजेएफ स्पोर्टस अवार्डको पिपल्स च्वाइस विद्यामा विजेता बन्न सफल भएकोमा सम्मान गरेको हो । अरुणालाई सम्मान गर्न नेपाल भलिवल टिमकी पूर्व उपकप्तान समेत रहेकी मञ्जु गुरुङले गरिन । टिममा नपरेपछि भलिवलको कार्यक्रममा खासै देखा नपरेकी मञ्जु भने आफ्ना आमा भिमसुवा गुरुङलाई लिएर ज्ञानुबाबा पुगेकी थिइन ।

महिला भलिवलमा ज्ञानुबाबाको उत्पादन रहेका मञ्जु र अरुणा दुवैले एनएसजेफ पिपल्स च्वाइस अवार्ड हात पारेका छन । मञ्जुले यो सफलता २०६५ सालमा हात पारेकी थिइन । विद्यालयले वोलाएर सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै अरुणाले आफू अझै भलिवल खेलमा प्रतिवद्ध भएर अगाडी वढ्ने बताइन ।

सो अवसरमा आफ्नो टिमकी बहिनी अरुणालाई आफ्नो हातले सम्मान गर्ने अवसरमा विद्यलायले प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै अरुणाको भलिवल यात्राको सफलताको शुभकामना व्यक्त गरिन ।

कार्यक्रममा विद्यालयकी प्राचार्य शुभकन्या गुरुङ, संस्थापक प्राचार्य तथा अध्यक्ष कृष्ण बहादुर गुरुङ, विद्यालय व्यवस्थापनकी सदस्य गिता गुरुङ, अक्षयकोष दाता कुमारी खड्गी, अभिभावक, शिक्षक, विद्यार्थी लगाएतले अरुणालाई सम्मान गरेका थिए । पोखरा स्पोर्टस सँग कुरा गर्दै विद्यालयका अध्यक्ष गुरुङले ज्ञानुबाबाले महिला भलिवल खेलाडी उत्पानका लागि पुनः शुरुवात गर्ने बताए ।
