अरुणालाई पोखरामा भव्य सम्मान, प्रदेश सरकारले दियो १ लाख नगद

पोखरा स्पोर्टस । ‘टिम अफ दि इएर’ नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा एक कार्यक्रमका विच भव्य सम्मान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत पौष २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा अरुणाले पिपल्स च्वाइस विद्यामा जित हासिल गरेकी हुन । सोही कार्यक्रममा गण्डकी प्रदेश सरकारले अरुणालाई खेलाडी प्रोत्सहान स्वरुप नगद १ लाख प्रदान गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले नगद १ लाखको चेक अरुणालाई प्रदान गरेकी छन ।

सो अवसरमा वोल्दै सामाजिक विकास मन्त्री पुनले अरुणालाई वधाई दिंदै मन्त्रालय प्रदेश खेलकुदको विकासका लागि प्रतिवद्ध भएको बताइन । उनले भनिन–“कोभिडका कारण मन्त्रालयको ध्यान नागरिककको स्वास्थ्य प्रती केन्द्रित गर्नु परेकोले अन्य काममा त्यती ध्यान पुग्न सकेको छैन तर आर्थिक क्षमताले भ्याए सम्म विकासको कार्यलाई अघि वढाएको छ ।”

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरा रंगशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताउँदै मन्त्री पुनले प्रदेश खेलकुद समितीको गठन पछि त्यसलाई अझै तिव्रता दिने बताईन ।

सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले व्यक्तिगत रुपमा अरुणालाई नगद ११ हजार सहयोग गर्दै खेलाडीको हितका लागि अगाडी वढ्नुपर्ने बताए । उनले पोखरामा हुने नवौं खेलकुदको तयारीका लागि जुट्न आग्रह गर्दै पोखरामा अरुणा जस्ता खेलाडी उत्पादन गर्ने विद्यालयको योगदानलाई विर्सन नहुने बताए ।

यसै गरि अरुणा शाही जिताउ अभियान अन्तर्गत वचत रकम समेत अरुणालाई हस्तान्तरण गरिएको छ । अभियान अन्तर्गत वचत रकम ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ र प्रदेश सरकारको प्रोत्सहान वापत प्राप्त नगद १ लाख सहित ४ लाख ७३ हजार ७ सय ५ रुपैयाँ अरुणालाई हस्तान्तरण गरिएको हो । अभियान अन्तर्गत संकलित रकमको आय–व्यय प्रस्तुत गर्दै नेपाल भलिवल संघका सल्लाहकार एवम पोखरा महानगर पालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्माले अभियान अन्तर्गत भएको भलिवल प्रतियोगितामा टिकट विक्रिबाट २ लाख ५३ हजार गरि कुल १६ लाख ७३ हजार सात सय पाँच रुपैयाँ संकलन भएको जानकारी दिए ।

अभियान अन्तर्गत ई–सेवा भोटिङका लागि १० लाख, भलिवल खेल व्यवस्थापनका लागि २ लाख ७० हजार र अन्य खर्च गरि कूल १३ लाख खर्च गरिएको जानकारी दिंदै सल्लाहकार शर्माले अरुणालाई जिताउन प्रतिवद्धता भएको रकम ८१ हजार ७ सय ५ रुपैयाँ संकलन हुन वाँकी रहेको बताए । सल्लाहकार शर्माले अरुणालाई जिताउन देश विदेशबाट सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गरेका छन ।

कार्यक्रममा अरुणाले पल्सर स्पोर्टस अवार्ड जस्तो गरिमा बोकेको अवार्ड जिताउन सबैले खेलेको भूमिका र सद्भावका लागि आभार व्यक्त गर्दै यो जितले आफूलाई अझै जिम्मेवारी वोध गरेको बताइन । उनले यो जित आफ्नो मात्रै नभई सवै भलिवल खेलप्रेमीहरुको भएको बताउँदै पोखरेलीहरुको मायाँ र प्रेरणाका कारण आफू विभागिय टिममा पटक–पटक बोलाउँदा समेत नगएको बताइन ।

अरुणा जिताउँ अभियान अन्तर्गत पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिवल संघका सचिब डिवी नेपाली, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली लगाएतले अभियान सफल पार्न देश विदेशवाट सहयोग गर्ने सवैमा आभार व्यक्त गरेका थिए ।

अभियान सफल बनाउनका लागि गठित समितीमा नेपाल भलिवल संघका सल्लाहाकार नारायण प्रसाद शर्मा, संघका सचिव डिवी नेपाली, संघका केन्द्रिय सदस्य राजकुमार गुरुङ, पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापा, कोषाध्यक्ष हरि श्रेष्ठ र कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली रहेका थिए । अभियानमा हालै पोर्चुगलबाट फर्किएका संघका केन्द्रिय सदस्य राजकुमार गुरुङले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरिएको थियो ।

टाइगर गुरुप्को सम्मान
टाइगर गुरुप् नेपालले नेपाल पत्रकार महासंका केन्द्रिय सदस्य राम कृष्ण ज्ञवाली र महासंघ गण्डकी प्रदेशका सचिब इन्द्र पौडेललाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित दया शंकर पालिखे पत्रकारिता पुरस्कारबाट सम्मानित भएका ज्ञवाली र सिर्जना विकास केन्द्रको अध्यक्षमा निर्वाचित पौडेललाई सम्मान गरिएको हो । मन्त्री पुनले पत्रकारद्वय ज्ञवाली र पौडेललाई सोही कार्यक्रममा सम्मान गरेकी हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close