
पोखरा स्पोर्टस । नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँते संघ कास्की र नेपाल क्योकुशिन काइ कान कराँते संघ कास्कीले कराँते खेलाडी रुपक नेपालीलाई बाइक प्रदान गरेको छ ।

नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँते संघ कास्की र नेपाल क्योकुशिन काइ कान कराँते संघ कास्कीले ढुङ्गे साँघुमा आयोजना गरेको कार्यक्रममा रुपकलाई बाइक प्रदान गरिएको हो । राष्ट्रिय खेलकुल परिषदका सदस्य राजेश गुरुङले एक कार्यक्रमका विच रुपकलाई वाइक हस्तान्तरण गरेका थिए । नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँते संघ कास्कीका मुख्य प्रशिक्षक शिव गुरुङले रुपकको मेहनत उनले प्राप्त गरेको सफलताका आधारमा बाइक प्रदान गरिएको जनाएका छन ।

आफ्ना आमा वुवालाई सानै उमेरमा गुमाएका रुपक स्ट्रोङगेष्ट क्योकुशिन कराँतेका च्याम्पियन समेत रहेका छन । उनले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गरेका थिए भने अन्य प्रतियोगिगतामा समेत उनी च्याम्पियन रहेका छन । आफ्नी वहिनी सहित पोखरामा ९ मा बस्दै आएका रुपक आफ्नो प्रशिक्षण सँगै आफू भन्दा सानो उमेरका खेलाडीलाई समेत प्रशिक्षण दिंदै आएका छन ।
नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँते संघ कास्की र नेपाल क्योकुशिन काइ कान कराँते संघ कास्कीले ढुङ्गे साँघुमा आयोजना गरेको कार्यक्रममा पुरुष खुल्ला तौल समुह तर्फ कमल हिताङ्ग, अनिष वुढा मगर, शिव भुजेल र सञ्जय कुमार गुप्ता क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन ।
त्यसै गरि महिला खुल्ला तौल समुह तर्फ पुजा राई, रोशनी गोतामे, एलिजा राना मगर र कविता नेपाली क्रमश प्रथम, द्वितिय, तृतिय भएका छन । पुरुष २० केजी मुनी तौलतर्फ सुवर्ण थापा मगर, निशान तामाङ र एलिना थापा मगर क्रमश प्रथम, द्वितिय र तृतिय भएको नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँते संघ कास्कीका मुख्य प्रशिक्षक शिव गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन ।
कार्यक्रम नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँते संघ कास्कीका अध्यक्ष कृष्ण बहादुर नेपालीको अध्यक्षतामा भएको थियो ।
