सहारामा आश्रित बालकहरुलाई विफ, मास्क र सेनीटाइजर प्रदान

पोखरा स्पोर्टस । सहारा कलव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीका बालकहरुलाई सहारा हङकङकी ‘फष्ट लेडी’ भद्र कुमारी गुरुङले विफ प्रदान गरेकी छन ।

गुरुङले आइतवार पोखरा १७ स्थित एकेडेमी पुगेर आश्रित बालकहरुलाई विफ सँगै सेनीटाइजर समेत प्रदान गरेकी हुन । त्यसै गरि सहारा हङकङकी कार्य समिती सदस्य सरिता गुरुङले एकेडेमीका बालकहरुलाई मास्क प्रदान गरेकी छन ।

सो अवसरमा सहारा क्लवका अध्यक्ष केशव वहादुर थापा, सहारा हङकङका अध्यक्ष दिपक गुरुङ, सहाराका वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ, एकेडेमीका संयोजक विश्वराज वराल, महासचिब रामजी प्रसाद अधिकारी लगाएतको उपस्थिती रहेको क्लवले जनाएको छ । हाल सहारा एकेडेमीमा विभिन्न जिल्लाका कठिन परिस्थितीका २५ जना बालक फुटबल प्रशिक्षण सँगै अध्ययन गरिरहेका छन ।

१ प्रतिक्रिया

  1. Saharama aasrit balakharulai BEEF wa WIF sahit Mask ra Sanitizer pradan gariyeko khabar Pokhara Sports ma chhapiyeko dekhin6.Kuro tyo BEEF nai ho wa anya kunai chijbastu ho. Ko bata jankari hune ho.Yedi BEEF nai ho baneta tesari badna napayido ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close