
पोखरा स्पोर्टस । नेपाली फुटबलको गति खस्किदै गएको बेला २४ औं सस्करणको आहा! रारा गोल्डकपको उपाधि भिडन्त रोचक मोडमा पुगेको छ ।
नेपाली फुटबलको इतिहासमा जस्तो सुकै कठिन घडिमा समेत निरन्तर सञ्चालन हुने प्रतियोगिता मध्येको २४ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि भिडन्त भोली (शनिबार) हुँदैछ । र यो उपाधि भिडन्त हुँदैछ नेपाली विभागिय टोली नेपाल पुलिस क्लब र उज्बेकिस्तानी टोली ब्ल्याक बुल्सको ।
भोली शनिबार हुने खेल उपाधि भिडन्तका लागि मात्रै हुनेछैन । दुबैतर्फ इतिहास रच्ने मौका दुबै टिमलाई छ । ६ पटक उपाधि जितेको पुलिसका लागि सातौं पटक जितेर इतिहास बनाउनेमा पुलिसले विदेशी क्लब संग पूर्ण रुपमा मैदानमा फुटबल प्रदर्शन गर्नुपर्नेछ । प्रिक्वाटर हुँदै तीन खेल जितेर उपाधि भिडन्तमा स्थान शुरक्षित गरेको नेपाल पुलिसका लागि पोखरा स्टेडियम लक्की समेत रहेको भन्ने गरिन्छ ।
यता ब्ल्याक बुल्स पहिलो पटक पोखरा आएको टोली हो । पहिलो पटक उपाधि जितेर टोलीले इतिहास मात्रै रच्ने छैन आयोजक सहारा क्लबले समेत नयाँ उपाधि जित्ने टोली पाउनेछ । ब्ल्याक बुल्समा फुटबलको निखरता छ । टेक्निकल्ली र ट्याक्टिकली उत्कृष्ट रहेको ब्ल्याक बुल्स अहिले दर्शकदिर्घाबाट समेत वाहवाही बटुल्न सक्छ । लामो समय उत्कृष्ट फुटबल हेर्न नपाएका दर्शकका लागि शनिबारको खेल निकै महत्व राख्छ । ब्ल्याक बुल्सले पोखराको मैदानमा क्वाटरफाइनल र सेमीफाइनलको खेल हेरेका दर्शकले त्यो आकंलन समेत गर्न सक्छन् ।
यद्यपी भोली शनिबार हुने फाइनल खेल दुबै टिमका लागि ५०–५० मान्छन् । दुबै एक अर्का विरुद्ध खेल्ने टिममा यूवा खेलाडीहरुको जमात रहेको छ ।
पोखराको फुटबलको उत्कृष्ट खेल अवलोकनका लागि यो सिजन कै उत्कृष्ट स्पर्धाको रुपमा भोली शनिबारको फाइनल खेल हुने विश्वास गरिएको छ ।
