नेपाल तेक्वान्दो संघको साधारण सभामा सदस्य सचिबले भने–“अव खेलकुदमा आग्रह पूर्वाग्रह राख्न हुँदैन”

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवालले खेलकुदमा आग्रह वा पूर्वाग्रह नराखी काम काम गर्न आग्रह गरेका छन ।

नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा सभामा राखेप सदस्य सचिब सिलवालले उक्त कुरा बताएका हुन । खेलकुद संघमा भएका विवाद समाधानका लागि मात्रै नभई फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन राखेप अघि वढेको बताउँदै उनले भने–“खेलकुद विकास लाई गति दिने हो भने कोही कसै सँग आग्रह वा पूर्वाग्रह राख्न हुँदैन ।”

नेपालको खेलकुदको इतिहासमा तेक्वान्दोको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै राखेप सदस्य सचिब सिलवालले खेलाडी मात्रै नभई प्रशिक्षक तथा निर्णायक समेत अनुशासन र जिम्मेवारी पूर्वक अघि वढ्न आग्रह गरे । तेक्वान्दोले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा उत्कृष्टता हासिल गरेको बताउँदै त्यसको साख लाई जोगाई राख्न जुनियर लेभलवाट नै रेङकिङ प्रतियोगिता आयोजना गर्न उनले सुझाव दिए ।

कोभिड–१९ का कारण थला परेको खेलकुदलाई माथी उठाउन प्रशिक्षण तथा प्रतियोगिताहरु सुचारु गर्न आग्रह गर्दै सदस्य सचिब सिलवालले अव नतिजा परिणाममुखी खेलहरुको वर्गिकरणका लागि राखेपले काम शुरु गर्ने बताए । अर्को एक प्रसङ्गमा उनले अव नेपालमा निर्माण हुने खेलकुद पूर्वाधारहरु निजी क्षेत्रको सहभागितामा निर्माण गरिने समेत बताए ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले स्थानियस्तरमा आयोजना हुने खेलकुदलाई समेत विश्वव्यापीकरण गर्नुपर्ने धारणा राख्दै राष्ट्रले खेलकुदबाट चाहेको आकाक्षा पुरा गर्न खेलकुद रंगशालामा मात्रै नभई घर–घरमा पुग्न आवश्यक रहेको बताए ।

नेपाल तेक्वान्दो संघका महासचिब दिपराज गुरुङले नेपाल तेक्वान्दोको उर्जा शक्तीलाई एकिकृत गर्दै तेक्वान्दोको विकासका लागि अघि वढ्ने धारणा राख्दै दोलखाको शैलुङमा हाइ अल्टिच्युड तेक्वान्दो एकेडेमीको निर्माणको कामलाई अघि वढाउने जानकारी समेत दिए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष भोज बहादुर शाह, गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङ लगाएतले आफ्ना भनाई राखेका थिए ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त हुनु भएका सदस्य सचिब रमेश कुमार सिलवाल, राखेप सदस्य सम्पन्न श्रेष्ठ, राखेप सदस्य सुवास श्रेष्ठ, राखेप सदस्य नन्दा वस्याललाई नेपाल तेक्वान्दो संघले सम्मान गरेको छ ।

त्यसै गरि कार्यक्रममा नेपाल तेक्वान्दो संघलाई १६ लाख भन्दा वढी सहयोग गर्ने सुमेरु गु्रपका अध्यक्ष भरत मर्हजन सम्मानित भएका छन । संघले यो वर्ष ‘नेशनल हिरोज २०२०’का रुपमा सञ्चारकर्मी शुसिल पाण्डे र समाजसेवी नेहा पोख्रेललाई नगद १५ हजार सहित सम्मान गरेको छ । सञ्चारकर्मी पाण्डेले कोभिड–१९ कहरका विचमा समाजमा उल्लेख्निय योगदान पुर्याएका थिए भने समाजसेवी पोख्रेलले सडक बालबालिका मनरोगी महिलाहरुको उद्धारको क्षेत्रमा उल्लेख्निय योगदान दिएकी छन ।

साधारण सभामा संघका महासचिब गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कासिम मिया धावीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश र कास्की जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा सम्पन्न भएको हो । साधारण सभामा गण्डकी प्रदेशका महासचिवले प्रदेशको तर्फवाट रमेश पौडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close