क्रस दुवाथलन शनिबार देखि शुरु हुँदै, देशव्यापी बनाउने लक्ष्य

काठमाडौं सम्वाददात । नेपाल ट्राईयाथलन संघको आयोजनमा २५ गते शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज शुरु भए सँगै यो प्रतियोगितालाई देशव्यापी बनाउने उद्धेश्यका साथ अघि बढाइएको छ ।

कोभिड १९ ले बिश्वलाईनै आक्रान्त बनाईरहेको अवस्थामा नेपालमा खेलकुदले गति लिने संकेत दिए सँगै न्पाल ट्राइयाथलन संघले दुवाथोलनलाई अघि सारेको हो । संघले कोभिडबाट अक्रान्त रहेको अवस्थामा स्थानिय ब्यक्तिहरुलाई क्रियाशिल गर्दै खेल मार्फत खेलाडीहरुको रोग संग लड्न सक्ने क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले च्यालेन्ज आयोजना गर्न लागिएको जनाएको छ ।

अहिले ट्राईयाथलन संग आवद्ध खेलाडीहरु भन्दा नयाँ खेलाडीहरुलाई प्रार्थमिकतामा राखेर च्यालेन्ज आयोजना हुने छ भने पहिलो चरणमा काठमाण्डौको टोखा, किर्तिपुर र ललितपुर गरि तीन स्थानमा पाक्षिक रुपमा एक स्थानमा दुई–दुई पटक स्थानिय निकाय संग समन्वय गरि आयोजना हुनेछ । यो कार्यक्रम दुई साताको एक पटक २०२१ भरिनै आयोजना गर्ने संघले जनाएको छ ।

यो कार्यक्रमलाई देशव्यापी बनाउने लक्ष्यका साथ कार्यक्रम शुरु गरिएको संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए । प्रतियोगिताको मुख्य उद्धेश्य नै खेलाडी उत्पादन गर्ने र खेलाडीहरुलाई खेल प्रति उत्साहित गर्न मद्धत मिल्ने संघले जनाएको छ । संघले उपत्यका बाहिरका स्थानलाई महत्वमा राख्दै स्थानिय खेलाडी उत्पादन, प्रचार प्रसारमा नआएका स्थानलाई उजागर गर्दै आन्तरिक पर्यटन विकासलाई समेत मध्यनजर राख्दै प्रतियोगिताहरु आयोजना गर्दै जाने लक्ष्य राखेको छ ।

ट्राईयाथलनको विधा मध्येको एक क्रस दुवाथलनमा २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड हुने संघका महासचिव एवं ट्राईयाथलनका बिज्ञ युवराज सुनुवारले जनाएका छन् । च्यालेन्ज उपत्यकाको ऐतिहासिक पुरानो सहर टोखाको गणेशस्थान देखि चन्डेस्वरी सम्मको स्थानमा आयोजना हुने आयोजकले जनाएको छ ।

च्यालेन्जलाई ‘जम्प दि नेसन’ले प्रायोजन गर्ने संघका अध्यक्ष श्रेष्ठले बताएका छन् । जम्प नेसनसंग च्यालेन्जलाई देशव्यापी बनाउने बिषयमा प्रायोजक संस्था सँग छलफल भईरहेको उनले जनाए । उनले भने–“कोभिडको कारण प्रतियोगिताहरु नभईरहेको अवस्थामा खेलकुदलाई क्रियासिल बनाउनुका साथै कोभिडबाट बच्न ब्यक्तिहरुमा रोग संग लडन सक्ने क्षमता बढाउने छ ।” यो कार्यक्रम मार्फत खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने नेपाल ओलम्पिक कमिटीका महासचिब समेत रहेका श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close