
पोखरा स्पोर्टस । २२ औं पोखरा सडक महोत्सव सम्पन्न डुङ्गा दौडको उपाधी ताल पारीको टिमले जितेको छ ।
रेष्टुरेन्ट एण्ड बार एसोसियसन पोखरा (रेवान) पोखराद्वारा आयोजित डुङ्गा दौडमा वाराही घाट टिमलाई पछि पार्दै ताल पारीको टिमले उपाधी आफ्नो पोल्टामा पारेको हो । अत्यन्तै आर्कषक रुपमा रहेको परम्परागत उक्त डुङ्गा दौडमा ताल पारीको टिममा रहेका पुर्ण गुुरुङ, सरोज गुरुङ र गणेश गुरुङको टिमले उपाधी सहित नगद १५ हजार जितेको रेवानका कार्यालय सचिब कमल कोइरालाले बताए ।
त्यसै गरि बाराही घाटको टिममा रहेका जिवा मगर, पूर्ण मगर र चन्द्र माझीको टिम दोश्रो हुँदै नगद १० हजार तथा सरोज जलारी, कमल तामाङ र विकास लामिछाने सम्मिलित स्विमिङ पुल टिम तेश्रो हुँदै नगद ५ हजार जित्न सफल भएको छ ।
