कास्की वडी विल्डिङ संघको अध्यक्षमा राकेश निर्विरोध

पोखरा स्पोर्टस । कास्की वडी विल्डिङ तथा फिटनेश संघको अध्यक्षमा राकेश जोसी निर्विरोध चयन भएका छन ।

पोखरामा आज सम्पन्न प्रथम अधिवेशनले अध्यक्ष राकेश सहित १३ सदस्यिय कार्यसमिती निर्विरोध चयन गरेको हो । सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा शम्भु अधिकारी, द्वितिय उपाध्यक्षमा दिपक वास्तोला, सचिवमा नविन आले मगर, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा मनोज केसी निर्विरोध निर्वाचित गरेको छ ।

यसै गरि संघको कार्यसमिती सदस्यमा सुवास कडेंल, गोकर्ण कार्की, मौलाद्दिन मिँया, अदिती गुरुङ, निरज तिवारी, दिवा राना र मिलन थापा चयन भएका छन ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बराल, वुल्सम्यान क्लवका अध्यक्ष नुना गुरुङ लगाएतको उपस्थितीमा अधिवेशन सम्पन्न भएको संघले जनाएको छ ।

अधिवेशन संघका निवर्तमान अध्यक्ष राजु कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close