विश्व पौडी दिवसका अबसरमा पोखरामा विद्यालय स्तरिय पौडी प्रतियोगिता हुने

असार १९,पोखरा । विश्व पौडी दिवसका अवसरमा कास्की जिल्ला पौडी संघको आयोजना तथा नेपाल पौडी संघको तत्वाधानमा पोखरामा कास्की जिल्ला विद्यालय स्तरिय पौडी प्रतियोगिता हुने भएको छ ।

विश्व पौडी दिवस अर्थात ‘फिना वल्र्ड एक्वेटिज डे’ को अवसरमा शनिबार हुने उक्त पौडी प्रतियोगिता हेम्जाको पेन्गुइन स्विमिङ पुलमा हुने कास्की जिल्ला पौडी संघले जनाएको छ ।

पोखरामा कास्की जिल्ला पौडी संघले आयोजना गरेको पत्रकार भेटघाटमा उक्त प्रतियोगितामा छात्र तथा छात्राको यु–१०, यु–१२, यु–१४ र यु–१७ गरि विभिन्न उमेर समुहमा प्रतिस्पर्धा हुने भएको हो आयोजक संघ कास्कीका अध्यक्ष बैभव पौडेलका अनुसार सहभागि खेलाडीहरुले व्रेष्ट र फ्रि–स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । बिजयी खेलाडीहरुलाई मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने छ ।

पत्रकार सम्मेलनमा बोल्दै पौडी संघ कास्कीका सचिव आनन्द कुँवरले पोखरामा पौडी खेलको बिकासका लागि यस्ता प्रतियोगिताको महत्व रहने बताउँदै प्रतियोगितामा सहभागिताका लागि विद्यालयलाई आग्रह गरे । प्रतियोगितामा भाग लिने इच्छुक खेलाडीहरुले शुक्रबार साँझ सम्म आ–आफ्नों नाम दर्ता गराउन पनि उनले आग्रह गरेका छन ।

पत्रकार सम्मेलनमा संघ कास्कीका सदस्यहरु जीवन रेग्मी, आशिक गुरुङ्ग, निरोज थापा, नविन थापा, सजेन्द्र हमाल, अनिल थापा, मनोज भट्ट, भाष्करध्वज श्रेष्ठ, मोनिका थापा, मिलन खत्रि, निर्मल पहारी लगायतले पोखरामा पौडी खेलको विकासका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताएका थिए । सो अबसरमा नेपाल खेलकुद पत्रकार मञ्चका सल्लाहकार बिनोद लामिछानेले समेत बोलेका थिए ।

स्मरिणय के छ भने हालै मात्र नेपाल सरकारले पोखरा रंगशालामा अत्याधुनिक स्विमिङपूल निर्माणका लागि ३ करोड रुपैयाँ बिनियोजन गरेको छ । यूवा तथा खेलकुद मन्त्रालयले पोखरामा आगामी वर्ष हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि स्विमिङ पूल निर्माणका लागि पहल थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close