पिएम कप महिला क्रिकेट : बागमतीमाथि प्रदेश १ को सहज जित

पोखरा स्पोर्टस । प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

समूह बी मा रहेको प्रदेश २ ले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा मंगलबार दिनको दोस्रो खेलमा बागमतीलाई ४६ रनले पराजित गरेको हो । खेलमा प्रदेश २ ले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्यलाई पछ्याएको बागमती १६.४ ओभरमा अलआउट हुँदै ६० रनमा सिमित हुन् पुग्यो ।

बागमतीका लागि कन्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन बनाइन् । यी दुई ब्याटर बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् । बलिङतर्फ प्रदेश १ का लागि निग्मा तामाङले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारिन् । भने सबनम राई, अलिशा खाडिया र निशा शाहले पनि १–१ विकेट लिए ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । प्रदेश १ ले बलियो योगफल बनाउने क्रममा उसका लागि कप्तान रुविना क्षेत्रीले कप्तानी पारी खेलिन् । ५५ बलको सामना गरेकी उनले अर्धशतकीय पारी खेल्ने क्रममा ६ चौकाको सहयोगमा ५५ रनको योगदान दिइन् ।

यस्तै टोलीका लागि अप्सरी बेगमले १६ रन बनाउदा निग्मा तामाङले ५ रन थपिन् । बलिङतर्फ बागमतीका लागि स्पिनर आरती बिडारीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । भने कप्तान अस्मिना कर्माचार्य, निग्मा तामाङ र कृष्मा गुरुङले १–१ विकेट लिइन् ।

अब प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा सुदुर पश्चिमले प्रदेश १ को सामना गर्नेछ। भने दिनको दोस्रो खेलमा बागमतीले गण्डकीको सामना गर्नेछ । यता प्रतियोगिताको समूह ए बाट विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close