
पोखरा स्पोर्टस । २२ औं सडक महोत्सव अन्तर्गत पोखरामा जारि टेनिस भेट्रान्स डवल्स तर्फ आइतबार क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन ।
रेष्टुरेन्ट एण्ड वार एसोसियसन (रेवान) पोखराले आयोजना गरेको उक्त प्रतियोगितामा राजु गुरुङ र पदम गुरुङको जोडी, विकास गुरुङ र सूर्य भुजेलको जोडी, नविन श्रेष्ठ र नविन चालिसेको जोडी तथा दोर्जे लामा र लोक गुरुङको जोडी सेमी फाइनलमा प्रवेश गरेका छन ।
प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर रहेका निरज गुरुङका अनुसार राजु गुरुङ र पदम गुरुङको जोडीले विरेन लामा र विष्णु वानियाको जोडीलाई ६–३, ७–६ को सोझो सेटमा पराजित गरेको छ । त्यस्तै विकास गुरुङ र सूर्य भुजेलको जोडीले राज गुरुङ र सुनिल श्रेष्ठलाई ६–२, ६–१ ले पाखा लगाएको छ ।
आजै सम्पन्न खेलमा नविन श्रेष्ठ र नविन चालिसेको जोडीले रामराजा कार्की र कर्ण तामाङको जोडीलाई ६–०, ७–५ तथा दोर्जे लामा र लोक गुरुङको जोडीले अमृत कार्की र देव थापाको जोडीलाई ६–० र ६–४ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेका छन ।
सोमवार सिंगल्स र डवल्सतर्फ दुवैको सेमीफाइनलका खेलहरु हुने कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष लोक गुरुङले पोखरा स्पोट्र्रसलाई जानकारी गराउनुभएको छ ।
