
पोखरा स्पोर्टस । दाडको लमहीमा शनिबार देखि जारि प्रधानमन्त्री (पिएम) कप महिला राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको महिला क्रिकेट टोली आइतवार त्यस तर्फ प्रस्थान गरेको छ ।

महिला क्रिकेट टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती पोखराले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । विदाई कार्यक्रममा वोल्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले अनुशासित र टिम भावनाका साथ खेल्न आग्रह गर्दै जितका लागि शुभकामना दिनुभयो । सो अवसरमा राखेप सदस्य गुरुङले टिमको औषध उपचार तथा पिउने पानीको व्यवस्था गर्न भन्दै व्यक्तिगत रुपमा १६ हजार नगद समेत प्रदान गर्नुभयो ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजु, समितीका निर्देशक तथा प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिनाले महिला टोलीलाई जितको शुभेच्छा प्रकट गर्नुभएको थियो ।
गण्डकी प्रदेशले समुह अन्तरगत पौष १४ गते पहिलो खेल सुदुर पश्चिम सँग खेल्ने छ ।
शिला रेग्मी क्षेत्रीको कप्तानी र सिमा केसीको उपकप्तानीमा मैदानमा उत्रिने गण्डकी प्रदेशको टोलीमा एलिशा लामिछाने, शृष्टी पौडेल, सिर्जना पौडेल, ज्योत्सिन्का मरासिनी, सोनिया थापा, पुर्णता शाही, प्रमिला बानिया, गंगा लुयली, कुशम गोदार, अंजली बिक, अमृता वाग्ले र विन्दु थापा मगर रहेका छन । त्यसै गरि टिमको प्रशिक्षकमा गोविन्द प्रधान र व्यवस्थापकमा अर्जुन कुमार थापा रहेको गण्डकी प्रदेश क्रिकेट संघका सचिब सुमनराज कार्कीले पोखरा स्पोर्टसलाई जानकारी दिनुभयो ।
