नुवाकोटको झिल्टुङमा क्रस कन्ट्रि माघ १० गते

पोखरा स्पोर्टस । नुवाकोट स्थित झिल्टुङमा पाँचौ सस्करणको झिल्टुङमा क्रस कन्ट्रि माघ १० गते हुने भएको छ ।

“जे गरौं गज्जवले गरौं” भन्ने मुल नाराका साथ हुन गइरहेको उक्त क्रस कन्ट्रि दौडवारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त दौडको दुरी १३.४ किमी हुने जनाएको छ । नुवाकोटको वेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा काठमाडौं एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिता नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुनेछ ।

प्रतियोगिताको पुरुष तथा महिला विजेतालाई नगद १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने स्थानीय बेलकोटगढी नगरपालिकाका पुरुष धावक प्रथम, दोस्रो र तृतीय हुनेलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत १३.४ किमी पुरुषतर्फ रेकर्ड भएको ५४ः८ः३ सेकेन्ड तथा महिलातर्फ पुष्पा भण्डारीको १ः०६ः४३ सकेण्डको रेकर्ड तोड्ने प्रतियोगीलाई थप ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

झिल्टुङ क्षेत्रका छात्र, छात्रालाई दौड तर्फ आर्कषित गर्न ४.५ किलोमिटर खुल्ला दौड प्रतियोगिता समेत समावेश गरिएको छ । उक्त खुल्ला दौडमा पहिलो हुने छात्र तथा छात्रालाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । क्रस कन्ट्रि प्रतियोगितामा आकर्षणको रुपमा रहेका स्थानीय महिलाको दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close