२२ औं सडक महोत्सव : टेनिस सिंगल्सतर्फ क्वाटरफाइनल समिकरण पुरा

पोखरा स्पोर्टस । रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान) पोखराद्वारा आयोजित २२ औं सडक महोत्सवमा जारि टेनिस भेट्रान्स सिंगल्स तर्फ क्वाटरफाइनल समिकरण पुरा भएको छ ।

प्रतियोगितामा विकास गुरुङ, नविन श्रेष्ठ, अमृत कार्की र कर्ण तामाङ सेमीफाइनलमा प्रवेश गरेका हुन । शनिवार सम्पन्न क्वाटर फाइनलमा विकास गुरुङले नारायण पाहारीलाई ६–७, ६–२ र १०–८ को प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै सेमीफाइनलको यात्रा शुरक्षित गरेका छन ।

त्यस्तै नविन श्रेष्ठले पदम गुरुङलाई ६–२, ६–४ ले, अमृत कार्कीले नविन चालिसेलाई ६–१, ६–४ ले र कर्ण तामाङले राजु गुरुङलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरेको टुर्नामेन्ट डाइरेक्टर निरज गुरुङले बताए ।

आइतवारबाट डवल्स तर्फको खेल शुरु हुने र प्रतियोगिताको फाइनल खेल पौष १४ गते हुने छ ।

सडक महोत्सव अन्तर्गत पहिलो पटक थपिएको टेनिस खेलले आर्कषण थपेको टेनिस संघ कास्कीका उपाध्यक्ष लोक गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो–“सडक महोत्सवको २२ वर्ष पछि टेनिस महोत्सवको आर्कषण बनेको छ, यसले कोभिड १९ का कारण केही निरास बन्नु परेको परिस्थितीमा समेत उत्साह जगाएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close