युवा तथा खेलकुद मन्त्रीमा लामा, विश्वकर्मा पद मुक्त

पोखरा स्पोर्टस । युवा तथा खेलकुद मन्त्रीमा दावा लामा नियुक्त हुनु भएको छ ।

प्रधान मन्त्री केपी शर्मा ओलीले शुक्रवार गरेको मन्त्री परिषदको पुर्नगठन तथा हेरफेरमा लामा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएको हो भने यस अघि युवा तथा खेलकुद मन्त्री रहनु भएका जगत बहादुर सुनार (विश्वकर्मा) पदमुक्त हुनुभएको छ ।

कास्की निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित विश्वकर्माले पोखरा रंगशालाको निर्माण सँगै देश व्यापी रुपमा खेलकुद पूर्वाधार विकासमा महत्वपूर्ण योगदान रहेको थियो । यस सँगै नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)को आयोजना तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ समेत उहाँकै कार्यकालमा लागु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close