रेवान सडक महोत्सवमा विच भलिवल, टेनिस र डुङ्गा दौड हुने

पोखरा स्पोर्टस । अंग्रेजी नयाँ वर्ष अन्तरगत पोखरामा हुने सडक महोत्सव अन्तरगत विच भलिवल, टेनिस र डुङ्गा दौड हुने भएको छ ।

रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) पोखराले हरेक वर्ष आयोजना गर्ने २२ औं सस्करणको सडक महोत्सवमा ति प्रतियोगिताहरु आयोजना हुने भएका हुन । सडक महोत्सव अन्तरगत यस पटक विच भलिवल र टेनिस गरि दुई वटा खेलका विद्याहरु थपिएको अध्यक्ष लक्ष्मण बरालले पोखरा स्पोर्टसलाई जानकारी दिनुभयो ।

सडक महोत्सव हुने विच भलिवल फेवा किनारमा रहेको विच भलिवल कोर्टमा हुने भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदले करिव ४५ लाख खर्च गरेको विच भलिवल कोर्टमा एक वर्ष देखि यता कुनै प्रतियोगिताहरु हुन सकेको छैन । कोभिड–१९ सँगै सम्पूर्ण खेल गतिविधी ठप्प हुँदा विच भलिवल कोर्ट समेत प्रयोग विहिन अवस्थामा रहेको छ ।

सडक महोत्सवमा विच भलिवलले थप रौनक थप्ने अध्यक्ष बरालले बताउनुभयो । उहाँले भन्नुभयो–“पोखराको मुख्य पर्यटकिय स्थलमा भएको विच भलिवल खेल मैदानको उपयोग गर्नु पर्छ भन्ने भावना जगाउन यहाँका प्रर्यटन संघ–संस्थालाई प्रतियोगितामा सहभागिता गराउँदैछौ ।” प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार तथा दोश्रो हुने टिमले नगद ८ हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन । पुरुष विच भलिवल प्रतियोगिता पौष १६ र १७ गते हुनेछ ।

त्यसै गरि २२ औं सडक महोत्सव अन्तरगत पहिलो पटक थपिएको खेल विद्या अन्तरगत खुल्ला भेट्रान्स टेनिस प्रतियोगिता थपिएको छ । यद्यपी टेनिस खेल भने गत पुष ८ गतेबाट शुरु भएको हो । प्रतियोगितामा सिंगल्स तर्फ २४ जना र डवल्सतर्फ १३ जोडीले सहभागिता जनाएको प्रतियोगिताका संयोजक लोक गुरुङले जानकारी दिनुभयो । कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष समेत रहनुभएका गुरुङले सडक महोत्सवमा टेनिसले आर्कषण बढाएको बताउनुभयो । पौष १४ गते हुने फाइनलमा विजेता खेलाडीले प्रथमतर्फ १० हजार र दोश्रोले नगद ५ हजार नगद पुरस्कार सहित ट्रफी र मेडल पाउनेछन ।

सडक महोत्सव अन्तरगतनै अर्को रौनक थप्ने खेल मध्येको एक हो खुल्ला डुङ्गा दौड प्रतियोगिता । उक्त प्रतियोगिता पौष १६ गते ह्ुने भएको छ । रेवानले आयोजनागर्ने सडक महोत्सव स्थानियलाई मात्रै नभई आन्तरिक तथा वाह्य पर्यटकका लागि समेत उत्तिकै पर्खाइ रहने गर्छ । कोभिडका कारण वाह्य पर्यटकमा कमि आएकोले यस पटक आन्तरिक पर्यटकमा निर्भर हुनु परेको छ । महोत्सवका लागि होटल तथा रेष्टुरेन्ट व्यवसायीले छुट दिने घोषणा समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close