पोखरा रंगशालामा टेनिस कोर्टको पुनः मर्मत

पोखरा स्पोर्टस । पोखरा रंगशालाको टेनिस कोर्टको पुनः मर्मत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदले करिव एक वर्ष अघि निर्माण सम्पन्न गरेको क्ले कोर्ट प्राविधिक रुपमा नै गलत खेल्न मिल्ने स्थिती नभएपछि पुनः मर्मत गरिएको हो । कास्की जिल्ला टेनिस संघले एक लाख भन्दा वढी खर्च गरेर आफैले मर्मत गरेको हो ।

काठमाडौको आर.एन.सी विल्डर्स निर्माण कम्पनीले करिव २ करोड ४२ लाखमा भवन सहित एउटा हार्ड कोर्ट र एक क्ले कोर्ट निर्माण सम्पन्न गरेको थियो । तर उक्त कम्पनीले निर्माण गरेको क्ले कोर्टमा पानी जमेर खेल्न सक्ने स्थिती नै नभए पछि पुनः मर्मत गर्नु परेको संघका निर्वतमान अध्यक्ष एवम केन्द्रिय उपाध्यक्ष विनोद कायस्थले बताउनुभयो ।

पोखरा रंगशालामा रहेको कोर्ट मध्येको ७ नं क्ले कोर्ट पुनः मर्मतका लागि उक्त निर्माण कम्पनीले एक लाख उपलव्ध गराएको कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष लोक गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो–“मर्मतका लागि खर्च त धेरै नै लाग्छ तर कम्पनीले एक लाख दिए पछि मर्मतको काम शुरु गरेका हौं ।” उक्त कम्पनीले निर्माण गरेको हार्ड कोर्ट समेत चिरा परेको उहाँले बताउनुभयो ।

मर्मतका लागि टेनिसका खेलाडी, प्रशिक्षक तथा संघका पदाधिकारी र सदस्यहरुले स्वंयसेवीको रुपमा खटिएका छन । पोखरा रंगशालामा निर्माण भएको टेनिस पूर्वाधार निर्माणमा निजी क्षेत्रको ठूलो भूमिका संगै लगानी पनि रहेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको पहलमा राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले २ करोड ४२ लाखको लागतमा निर्माण गरेको भवन र क्ले कोर्ट प्रयोगमा नआउँदै भविनमा चिरा समेत परेको छ । युवा तथा खेलकुद मन्त्रालयले पोखरालाई अन्तर्राष्ट्रियस्तरको टेनिस हव बनाउन भन्दै रंगशालामा एक हार्ड कोर्ट र एक क्ले कोर्ट सहित टेनिसको पुर्वाधार निर्माणका लागि परिषद मार्फत बजेट निकासा गरेको थियो ।

काठमाडौको आर.एन.सी विल्डर्सले निर्माण सम्झौता गरेको एउटा क्ले कोर्ट र एउटा हार्ड कोर्ट सहित २ सय ४० वर्ग मिटरको क्षेत्रफलमा एक तले भवन रहेको छ । भवनमा दुइ वटा चेन्जिङ रुम र करिब २ सय ५० जना दर्शक क्षमता सहितको प्यारापिट तथा शौचालय समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close