कास्की क्रिकेट क्लब सात विकेटले विजयी, फाइनल खेल सोमबार

पोखरा स्पोर्टस । नितेश गिरी र विश्वास कार्कीको उत्कृष्ट बलिङ तथा रमेश बस्नेतको अविजित ५४ रनको योगदानमा कास्की क्रिकेट क्लबले क्लबस्तरीय छनोट प्रतियोगितामा राईजिङ पोखरा क्रिकेट क्लबलाई सात विकेटले पराजित गरेको छ ।

क्लबस्तरीय छनोट प्रतियोगिताको लिग चरण अन्तर्गत पोखरा रंगशाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमा राईजिङ पोखरा क्रिकेट क्लबले दिएको ७५ रनको लक्ष्यलाई कास्की क्रिकेट क्लबले १४.१ ओभरमा ७७ रन बनाउँदै तीन विकेटको क्षतिमा पुरा गर्यो । कास्की क्रिकेट क्लबको इनिङमा बस्नेतको प्रदर्शन उत्कृष्ट रह्यो । उनले ४३ बल खेल्दै ८ चौका र दुई छक्का हिर्काउँदै ५४ रनमा अविजित रहे । उनले सिधा अगाडि छक्का हान्दै जित दिलाएका थिए ।

ओपनर बस्नेतले यु–१६ का राष्ट्रिय खेलाडी समेत रहेका अर्जुन कुमालसँगको ओपनिङ साझेदारी गरे । कुमालले पनि १४ रन बनाई आउट भए । धैर्यतापूर्ण व्याटिङ गर्ने कुमाललाई एमरिन पौडेलले क्याच आउट गरे । ४०–४ को स्थितिको खराब लयमा रहेको राईजिङले एक रन जोड्दा अर्को विकेट गुमायो । दुई रन जोड्ने क्रममा तीन विकेट गुमायो । राईजिङ ४२÷७ को दयनीय अवस्था रह्यो । कप्तान निर्मल पौडेलले २१ बलमा १४ रन जोडे । विशाल विकले पनि १३ रन जोड्न सफल भए । क्लब ३२.१ अ‍ोभर खेल्दै सबै विकेट गुमाएको थियो । अन्य व्याट्सम्यानले दोहोरो अंकको रन छुनबाट बन्चित हुदैं पभेलियन फर्किए ।

कास्की क्रिकेट क्लबका बलर नितेश गिरीले १० ओभर बलिङ गर्दै २ मेडन राखे । २७ रन खर्चिए । ४ विकेट आफनो नाममा लेखाए । विश्वास कार्कीले ७.१ ओभरमा तीन मेडन राखे । केवल १० रन खर्चिएर ३ विकेट लिए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय छनोट प्रतियोगिताको फाईनल सोमबार सांग्रिला क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close