
पोखरा स्पोर्टस । विपिन खत्रीको अलराउण्डर प्रदर्शनमा सांग्रिला क्रिकेट क्लव पोखरा रंगशालामा जारि क्लव स्तरिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
विपिनले ५० बलको सामना गर्दै ८ छक्का र ६ चौकाको मद्धतले व्यक्तिगत ९२ रनको पारि संगै ४ विकेट लिंदै आफ्नो टिम सांग्रिला क्रिकेट क्लवलाई फाइनलमा प्रवेश गराएका हुन । पहिलो व्याटिङ उत्रिएको सांग्रिलाले सम्पूर्ण विकेट गुमाउँदै २२३ रन बनाउँदै विपक्षी टिम राइजिङ क्रिकेट क्लवलाई २२४ रनको लक्ष्य दिए पनि राइजिङ भने ८९ रनमा नै खुम्चिन पुग्यो ।
सांग्रिलाका लागि अरुण अधिकारीले ३०, सुदिप पौडेलले १६, विराट दवाडीले १३, मेघनाथ खनाल र अभिषेक खडकाले समान १२–१२ रनको पारि खेले । राइजिङले सांग्रिलालाई ३१ रन अतिरिक्त रनको रुपमा दिएको थियो । राइजिङका लागि अम्रिन पौडेलले ६ ओभरमा ३६ रन खर्चिदै ४ विकेट हात पारे । उनी सँगै किरण पौडेल र सुदिप भट्टराईले २–२ तथा सिमन पौडेलले १ विकेट लिए ।

यता २२४ रनको लक्ष्य पच्छएको राइजिङका लागि मिलन थापाले २१, सन्देश सहनीले १७, निर्मल क्षेत्रीले १४ वाहेका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन । सांग्रिलाका लागि टिम कप्तान समेत रहेका विपिनले ९ ओभरको स्पेलमा ४ मेडनका साथ २२ रन दिएर ४ विकेट लिए । उनी संगै सुदिप पौडेलले ३ र कृष्ण भट्टराईले १ विकेट हात पारे । शनिवार हुने अरञ्ज्योती क्रिकेट क्लव र पोखरा क्रिकेट क्लवको विजेता मध्ये सँग सांग्रिलाले फाइनलमा भेट पक्का गरेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता काठमाडौमा हुने प्राइमिनिष्टर क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न समेत आयोजना भएको अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभएको छ । प्रतियोगिताको फाइनल खेल २९ गते हुनेछ ।

