आइटिएफ पोखरा सिनियर्स टेनिस सुरु,‘साझेदारीमा गरिएका कामले प्रतिफल दिन्छ’–गण्डकी प्रदेश सांसद कोइराला

केशब पाठक,
पोखरा,
कास्की जिल्ला टेनिस संघको आयोजनामा ‘नेपाल आइटिएफ सिनियर्स वल्र्ड रेङ्किङ जि–४ टेनिस च्याम्पियनशिप’ पोखरा रंगशाला स्थित टेनिस कोर्टमा शनिबार बाट सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सासद तथा अर्थ तथा बिकास समितीका सभापती दिपक कोइरालाले सरकार र नागरिक बिचको साझेदारीमा भएका कामले प्रतिफल दिने बताएका छन ।

पोखरा रंगशालामा बनेको टेनिस कोर्टको निर्माणमा सरकार र नागरिक बिचको लगानीमा कसरी काम गर्न सकिन्छ भन्ने पोखरा रंगशालाको टेनिस कोर्ट रहेको उदाहरण प्रस्तुत गर्दै खेलकुद मार्फत समेत पर्यटन भित्रायाउन अहम भूमिका खेल्ने सांसद कोइरालाले बताए ।

अन्तर्राष्ट्रिय टेनिस महासंघको स्विकृतीमा पोखरामा तेश्रो पटक आयोजना गरिएको आइटिएफ सिनियर्स प्रतियोगितामा पूर्व उपप्रधान तथा गृह मन्त्रि कमल थापा, संघका उपाध्यक्ष नारायण पाहारी सचिब नबिन चालिसे भारतिय खेलाडी एस एन बशिष्ठ लगातएतले पोखरामा आइटिएफको सिनियर्स तर्फको खेल शुरु हुनुले खेलकुद बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतियोगिता नेपाल, भारत लगाएत तथा तेश्रो मुलुकका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथीका खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन । प्रतियोगितालाई एनआएसि एसिय बैंंकले मुख्य प्रायोजन गरेको छ ।

शनिबार भएको खेलमा ५५ वर्ष माथीको क्याटोगरिमा कमल थापा र अनिल तुलाचन बिजयी भएका छन भने ३५ वर्ष भन्दाको माथीको खेलमा बिकास गुरुङ बिजयी भए ।

नेपाली सिनियर्स खेलाडी कमल थापाले भारतिय खेलाडी एस एन बशिष्ठलाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाए भने अनिल तुलाचनले अर्का नेपाली खेलाडी करिमुल्ला मुस्लिमलाई ६–०, ४–६ र ६–० को सेटमा पराजित गरे । ३५ बर्ष भन्दा माथीको खेलमा नेपाली खेलाडी बिकाश गुरुङ बिजयी बने । नेपाली खेलाडी अशोक गुरुङ खेलको दोश्रो सेटमा रिटायर्ड हर्ट हुँदै मैदान छोडेका थिए । यो खेलमा बिकाश ६–२ र ३–१ सेटले अगाडी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close