पोखरा महानगर प्रमुख जिशीद्वारा पावर हाउस खेल मैदान जाने सडकको उद्घाटन

पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं १७ पावर हाउस फुस्रे खोला खेल मैदान निर्माण गर्न सडकको निर्माण हुने भएको छ ।

पोखरा महानगरपालिका वडा नं १७ को पहलमा करिव २ किलो मिटर सडक निर्माणको उद्घाटन बुधवार महानगर पालिका प्रमुख मान बहादुर जिशीले एक कार्यक्रमका विच गर्नुभयो । उहाँले सो अवसरमा खेल मैदान निर्माणका लागि पहिलो चरणको काम अन्तरगत निर्माण हुन लागेको सडकले स्थानियलाई समेत सहज हुने बताउनुभयो ।

पोखरा १७ पावर हाउस फुस्रे खोला सम्म जोड्ने निर्माण हुन लागेको २ किलोमिटर सडक निर्माणका लागि वडा नं १७ ले १० लाख र पावर हाउस विद्युत केन्द्रले ३ लाख प्रदान गरेको मैदान निर्माण समितीका सदस्य विमल अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले हामीले ४ मिटर चौडाइको ट्रयाक खोलेर मैदान सम्म बाटो पुर्याउने काम गर्दैछौ, यसलाई ८ मिटर चौडाइको बाटो बनाउने योजना छ ।”

जिल्ला स्तरिय रंगशाला निर्माण गर्न गण्डकी प्रदेश सरकारले ५० लाख दिने भए पछि मैदान निर्माणको कामले गतिलिने खेल मैदान निर्माण समितीका अध्यक्ष समेत रहेका दिपक गोदारले बताउनुभयो । करिव १ सय ७३ रोपनी क्षेत्रफलमा करिव ९करोडको लागतमा जिल्ला स्तरिय रंगशाला निर्माण हुन लागेको अध्यक्ष गोदारले बताउनुभयो । “प्राकृतिक रुपमा समेत पावर हाउस भएको क्षेत्र निकै रमणिय छ”, उहाँले भन्नुभयो–“रंगशाला निर्माणको कामलाई गति दिन सडक निर्माण अपरिहार्य थियो अव काम अगाडी वढ्छ ।”

उद्घाटन कार्यक्रममा पोखरा १७ का अध्यक्ष तिर्थराज अधिकारी, कार्यपालिका सदस्य राधिका शाही योगी, नेकपा वडा नं १७ का अध्यक्ष शुभाष ढुङ्गाना, नेपाली काग्रेस वडा १७ का सभापती देवराज अचार्य, निर्माण समितीका सचिब प्रकाश बराल लगाएतले जिल्ला स्तरिय रंगशाला निर्माण सम्पन्न गर्नका लागि सवैको सहयोगको अपेक्षा रहेको बताउँदै खेल मैदान निर्माणले उक्त क्षेत्रको मात्रै नभई समग्र महानगरको विकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close