सर्वाधिक पुरस्कार राशीको व्याडमिन्टनमा रमेश र सुरेन्द्र अन्तिम चारमा

पोखरा स्पोर्टस । चौताराका रमेश श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

तोप–२१ को आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न सिन्धुपाल्चोक जिल्लाका खेलाडीहरुका विच भएको क्वाटरफाईनलमा रमेशले मेलम्चीका राजन श्रेष्ठलाई २१–१०, २१–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेका हुन् ।

यस्तै सुरेन्द्रले बलेफीका राजकुमार तामाङ्गलाई २१–१६, २२–२० ले पराजित गर्दै रमेश संगको भेट पक्का गरे । अन्तिम चारमा स्थान बनाउने अन्यमा बलेफीका अजय तामाङ्ग र त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्ग रहेका छन् । प्रतियोगिताका रेफ्रि किरणकार रञ्जितले जारी गरेको परिणाम अनुसार अजयले चौताराका प्रकाश श्रेष्ठलाई १७–२१, २२–२०, २१–१७ ले तथा अभिषेकले मेलम्चीका नारायण लाल श्रेष्ठलाई २१–११, २१–१०ले पराजित गर्दै अन्तिम चारमा स्थान बनएका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा भएको ब्याडमिन्टन ईतिहासकै सर्वाधिक पुरस्कार रासी रहेको ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीले मेलम्चीका राजन श्रेष्ठ र किशन दुलालको जोडीलाई १७–२१, २१–१४, २१–१९ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

बलेफीका अजय तामाङ्ग र राजकुमार तामाङ्गको जोडीले चौताराका पदम घले र सविन श्रेष्ठको जोडीलाई २१–१८, २१–१९ले, चौताराका सुरेन्द्र श्रेष्ठ र कैलाश घलेको जोडीले बलेफीका साजन राजभण्डारी र विकास पराजुलीको जोडीलाई २१–१४, २१–१३ले तथा त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्ग र युवराज अधिकारीको जोडीले मेलम्चीका नारायण लाल श्रेष्ठ र कुमारबहादुर सापकोटाको जोडीलाई २१–१८, २१–१७ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् ।

राष्ट्रिय स्तरका पुरुष एकलमा विजयी खेलाडीहरुका लागि सर्वाधिक पुरस्कार रासी १ लाख ११ हजार १ सय ११ रहेको प्रतियोगितामा उपबिजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिष्ट (तृतीय स्थान)का दुईले जनही १० हजार प्राप्त गर्नेछन् ।

यस्तै जिल्ला स्तरिय पुरुष एकलका बिजेताले नगद ३० हजार, उपबिजेताले नगद २० हजार र सेमिफाईनलिस्ट दुईले जनही ५ हजार प्राप्त गर्ने छन् । युगल तर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५÷५ हजार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close