पूर्व हक्की खेलाडी बिमलको स्वागत

पोखरा स्पोर्टस । पोखरा रंगशालामा हक्कीका खेलाडीहरुले पूर्व हक्की खेलाडी तथा समाजेसवी विमलमान गुभाजुलाई स्वागत गरेका छन ।

कोभिड–१९ का कारण ठप्प रहेको हक्की प्रशिक्षण पोखरा रंगशालामा शुभारम्भ भएको बेला आफ्ना अग्रज खेलाडीलाई खेलाडीहरुले स्वागत गरेका हुन ।

बिगत ८/९ महिनाको लामो समय पछिको अन्तरालमा  हक्की खेलाडी फेरि नयाँ जोश जाँगरका साथ प्रशिक्षणमा उत्रिन तयारी गरेपनि पोखरामा आफ्नो छुट्टै हक्की मैदान नहुँदा खेलाडीलाई पिरलोरहेको भने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close