पोखराका जिम्न्याष्टिकका पूर्व राष्ट्रिय खेलाडी राजभण्डारीको निधन

पोखरा स्पोर्टस । जिम्न्याष्टिकका पूर्व राष्ट्रिय खेलाडी भगवती राजभण्डारीको निधन भएको छ ।

५२ वर्षिया राजभण्डारीको बिहिबार विहान आफ्नैं नागढुङ्गस्थित आफ्नैं निवासमा निधन भएको हो । हृदयघातका कारण पोखराको फेवासिटी हस्पिटलमा उपचारपछि आफ्नैं निवासमा ल्याइए लगत्तै उनको निधन भएको हो ।

राजभण्डारीले पोखरामा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीको तर्फबाट सहभागी भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका क्षेत्रिय उप–निर्देशक कृष्ण तिमिल्सीनाले बताए । तिमिल्सिनाले भने–“उनी एक जिम्न्याष्टिक मात्रै होइन राम्रो फुटबलका खेलाडी समेत थिए ।” उनकै प्रेरणामा आफूहरुले पनि जिम्न्याष्टिक सिकेको बताउँदै २०४० साल अघि पोखरा रंगशालास्थित हनुमान मन्दिर पछाडीको घाँसे चौरमा राजभण्डारीसंग जिम्न्याष्टिक खेलेको स्मरण समेत गरे ।

स्व. भण्डारीले तत्कालिन अवस्थामा विद्यालय स्तरिय फुटबलमा समेत निकै प्रभाव छोडेको बताउँदै गोल गरेपछि मैदानमा जिम्न्याष्टिक गरेको दृष्यले सबैलाई लोभ्याउने बताए । नेपाली काँग्रेसका तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर ९ का पूर्व वडा सदस्य समेत रहेका उनको उनको बिहीबारनै रामघाटमा अन्त्यष्टि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close