खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दिननाथ, महासचिवमा राजाराम

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दिननाथ बराल निर्वाचित भएका छन् ।

मञ्चको शनिवार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले दिननाथलाई निर्वाचित गरेको हो । निवर्तमान उपाध्यक्ष रञ्जन अधिकारी संग भएको चुनावी भिडन्तमा २९ मत प्राप्त गरी दिननाथ विजयी बने । उनका प्रतिष्पर्धी रञ्जनले २० मत प्राप्त गरेका थिए ।

अधिवेशन अन्तर्गत नै भएको अन्य पदमा भने सर्वसम्मत भएको थियो । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शसी कुमार पौडेल, कोषाध्यक्षमा कविता घर्ती मगर सर्वसम्मत निर्वाचित भएका थिए भने अन्य कार्यसमिती पदमा समेत सर्वसम्मत निर्वाचित भएका छन् । कार्यसमितीमा नवनिर्वाचित सदस्यमा नारायण शाही, उमेश पुन, दिपकराज मुल्मी, एमवी आस्था मगर, र राजु गिरी रहेका छन् ।

यस अघि मञ्चको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close