
पोखरा स्पोर्टस । युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्गसले लगातार तेश्रो हार व्यहोरेको छ ।
गए राती सम्पन्न सनराइर्जस हैदरावाद सँगको रोमाञ्चक खेलमा चेन्नई ७ रनले पराजित भएको हो । जितका लागि १६५ रन पछ्याएको चेन्नई २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सक्यो । चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले ३६ वलमा ४ चौका र १ छक्का प्रहार गरेको भए पनि उनले टिमलाई जित तर्फ लैजान सकेनन ।
त्यस्तै चेन्नईका लागि रविन्द्र जडेजाले ५० रनको अर्धशतकिय पारी खेलेका थिए । त्यसैतै फाप डु प्लासिसले २२ र साम करणले १५ रनमात्रै बनाउन सके । यता हैदरावादका लागि टि नटराजनले २ र भुवनेश्वर कुमार तथा अव्दुल समदले समान १–१ विकेट हात पारे ।
आइपिएलको १४ औं खेलमा टस जितेर व्याटिङ रोजेको हैदरावादले पुरै २० ओभर खेल्दै ५ विकेटको नोक्सानीमा १६४ रन बनाएको थियो । युवा खेलाडी प्रियम गर्गले नटआउट रहँदै ५१ रन बनाएका थिए । त्यस्तै अभिषेक शर्माले ३१, मनिष पाण्डेले २९ र डेभिड वार्नरले २८ रन जोडेका थिए । चेन्नईका लागि दिपक चहारले २ र शार्दुल ठाकुर तथा पियुष चावलाले समान १–१ विकेट लिएका थिए ।
हैदरवादले ४ खेलमा २ खेल जितेर ४ अंक वटुलेको छ भने चेन्नईको २ अंक मात्रै रहेको छ । चेन्नई खेल तालिकाको पुछारमा छ भने हैदरावादले चौथो स्थान बनाउन सफल भएको छ ।
शुक्रवार आइपिएलमा २ वटा खेल हुँदैछन । जस मध्ये नेपाली युवा क्रिकेटर सम्मिलित दोश्रो खेलमा टिम दिल्ली क्यापिटल्सले कोलकत्ता नाइटराइडर्सको सामना गर्दैछ भने पहिलो खेलमा रोयल च्यालेन्जर्स वैंगलोर राजस्थान रोयल्स सँग भिडदैछन ।
