
पोखरा स्पोर्टस । पोखराको सहारा क्लवको भातृ संस्था सहारा क्लव, हङकङले आफ्नो ८ औं बार्षिकोत्सवको अवसरमा पोखराको सितापाइलामा रहेको पोखरा बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ ।
सहारा क्लव, हङकङका सदस्य ओम गुरुङले क्लवको तर्फबाट पोखरा बृद्धाश्रमका पूर्व अध्यक्ष टिकाराम भण्डारीलाई नगद २० हजारको साथमा फलफुल समेत सहयोग हस्तान्तरण गरेका थिए । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा क्लवले ज्येष्ठ नागरिकहरुको लागि सहयोग गरेको सदस्य गुरुङले जनाए ।

सहयोगी दाताबाटै पोखरा बृद्धाश्रममा रहेका बृद्धवृद्धाहरुको पालन पोषण गरिएको निवर्तमान अध्यक्ष भण्डारीले जनाए । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लवका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष विरभद्र आचार्य, पूर्व अध्यक्ष विक्रम थकाली, उपाध्यक्ष बिश्वराज बराल लगायतको सहभागिता रहेको थियो ।
यसै विच सहारा हङकङले आफ्नो बार्षिकोत्सव तथा साधारण सभा हङकङमा सम्पन्न गरेको छ । साधारण सभा सहारा हङकङका अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा भएको थियो ।
तस्विरः सुदर्शन रञ्जित
