
पोखरा स्पोर्टस । लायन्स क्लब अफ पोखरा डाउन टाउनले पोखराको टुडिखेलमा अवस्थित इन्द्रेणी एकीकृत विकास केन्द्रद्वारा सञ्चालित इन्द्रेणी फुटबल एकडेमी लाई फुटबल खेलका सामग्री प्रदान गरेको छ ।
लायन्स डिस्ट्रक ३२५ वि वान का गभर्नर मन बहादुर रोका र डाउन टाउनका अध्यक्ष रेशम बहादुर केसीले केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी तथा एकेडेमीका संयोजक मोहन श्रेष्ठलाई एक कार्यक्रमकाबीच ती सामग्री हस्तान्तरण गरेका हुन् । फुटबल १२ थान,जाली, बुट लगायतका सामग्री प्रदान गरिएको हो ।
पोखराको इन्द्रेणी एकीकृत बिकास केन्द्रको सभाहलमा भएको कार्यक्रममा विश्वमा महामारी फैलिएको कोभिड–१९ को कारण सामाजिक दूरी कायम गरी भएको कार्यक्रममा गभर्नर रोकाले इन्द्रेणी एकेडेमीले रास्ट्रीय खेलाडी उत्पादन गर्न सकोस् भन्ने कामना गरे । क्लबका नयाँ सदस्य राजन श्रेष्ठ लगाएत अन्य सदस्यहरुलाई गभर्नरले पिनेले सम्मान गरेका थिए ।
कार्यक्रममा केन्द्रका अध्यक्ष अधिकारीले क्लबले गरेको सहयोगबाट फुटबल खेलमा रुचि राख्ने र सामाग्री अभावमा खेल्न नसक्ने हरुको लागि सहयोग पुगेको बताए । राम बहादुर बस्यालले डिस्ट्रीक को उत्कृष्ट क्लब को रुपमा स्थापित डाउन टाउनले गर्ने कार्यहरू कारण सामाजिक कार्यको लागि रुचि जगाउने कार्य गर्दै आईरहेको उल्लेख गरे ।
कार्यक्रममा डाउन टाउनका पूर्वअध्यक्ष हरि प्रसाद पराजुली, मोहन सुवेदी र प्रमोद लामिछाने,क्लबका अध्यक्ष रेशम बहादुर केसी, सचिव अशोक श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
