
पोखरा । गण्डकी प्रदेशको खेलकुद विकासका लागि खेलकुद विधेयक वुधवार पारित भएको छ । गण्डकी प्रदेश सभाको ५८ औं वैठकवाट सामान्य संसोधन सहित ‘गण्डकी प्रदेश खेलकुद विकास विधेयक २०७७’ पारित भएको हो ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले संघिय खेलकुद ऐन सँग नवाझिने गरि प्रदेश सभावाट विधेयक सामान्य संसोधन सहित पारित गरेको मन्त्री नरदेवी पुनले बताउनुभएको छ । यहि असोज ५ गते प्रदेश सभामा दर्ता भएको खेलकुद विधेयक विधायन समितीमा सामान्य संसोधन सहित पारित भएको विधायन समितीका सभापती एवम गण्डकी प्रदेश सांसद मोहन रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार वोर्डमा १९ सदस्यियवाट बढाएर २५ सदस्यिय वनाइएको छ । उहाँले भन्नुभयो–“विधेयकमा उल्लेख गरिएको सवै कुराहरु जस्ताको तस्तै छन, वोर्ड सदस्य मात्रै वढाइएको छ ।”
विधेयक पारित भए सँगै प्रमाणिकरणका लागी करिव २ साताको समय लाग्ने मन्त्री पुनले बताउनुभयो । उहाँले भन्नुभयो–“प्रमाणिकरण लगतै सदस्य सचिब छनोटका लागी समिती गठन हुनेछ ।” विधेयकमा सदस्य सचिव छनोटका लागि ३ सदस्यिय समिती गठन गर्ने प्रावधान रहेको छ । गण्डकी प्रदेश खेलकुद विकास समितीको सदस्य सचिव वन्नका लागि ६० वर्ष उमेर हद तोकिएको छ भने स्नातक तह उर्तिण गरेको हुनुपर्नेछ । त्यसै गरि प्रदेश खेलकुद सञ्चालन गर्न सदस्य सचिब सहित ५ सदस्यिय कार्यकारी वोर्ड समेत रहनेछ भने वोर्डको कायकाल ४ वर्षको हुनेछ ।
यो पनि पढ्नुस
गण्डकी प्रदेश खेलकुदको सदस्य सचिब हुन स्नातकतह उर्तिण गरेको हुनुपर्ने, विधेयक संसद सचिवालयमा दर्ता
https://pokharasports.com/2020/08/10/1954
गण्डकी प्रदेश खेलकुदको सदस्य सचिब हुन स्नातकतह उर्तिण गरेको हुनुपर्ने, विधेयक संसद सचिवालयमा दर्ता
