
पोखरा । जापानी जापानी खेलाडी नाओमी ओसाकाले दोश्रो पटक यूएस ओपन ग्राण्डसलाम उपाधी जितेकी छन ।
गए राती अमेरिका स्थित न्यूयोर्कमा भएको महिलातर्फको भएको फाइनल खेलमा ओसाकाले उपाधी जितेकी हुन । फाइनल प्रतिष्पर्धामा उनले बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २–१ को सेटमा पराजित गरेकी छन ।
ओसाकाले आफ्नो पहिलो सेट ६–१ ले गुमाउन पुगे पनि अन्तिम २ सेटमा भिक्टोरियालाई लगातार ६–३, ६–३ ले पराजित गर्दै खेलमा पुनरागमन मात्रै गरिनन ग्राण्डसलाम उपाधी समेत रक्षा गरेकी थिइन । यता ७ वर्ष पछि फाइनलमा पुगेकी भिक्टोरियाले भने उपविजेतामा चित्त वुझाइन ।
ओसाकाले यसअघि सन् २०१८ मा पनि युएस ओपन सन २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि समेत जितेकी थिइन् । ओसाका फाइनल चरणमा पुगेका आफ्ना तीनवटै उपाधी जितेकी छन ।
तस्विरः एजेन्सी
